बिबिधसमाचार

तरुण दलले देशव्यापी आन्दोलन चर्काउँने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

विराटनगर, ६ साउन । काठमाडौंमा तरुण दलको प्रदर्शनमा भएको प्रहरी दमनका विरुद्ध ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय मोरङ पुगेको तरुण दलको टोलीलाई भित्र छिर्नबाट वञ्चित गरिएको छ ।
नाराजुलुससहित तरुण दल मोरङका अध्यक्ष सञ्जय थापा प्रभाकरको नेतृत्वमा पुगेको टोलीलाई प्रहरीले ज्ञापनपत्र बुझाउन प्रशासन कार्यालय छिर्न रोक लगाएको छ । तरुण दलका कार्यकर्तामाथि प्रहरीले बलसमेत प्रयोग गरेको छ । “तरुण दलको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ,” तरुण दलका मनिश तिम्सिनाले भने, “अब तरुण दल चुप लागेर बस्दैछ । सरकारले अति गर्यो ।”
काठमाडौैंमा भएको प्रदर्शनमा प्रहरीको कुटपिटबाट तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत, मोरङ सचिव अनुरोध साहलगायत चार दर्जनभन्दा बढी नेता कार्यकर्ता घाइते भएका थिए । घटनाको विरोधमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन तरुण दल पुगेको थियो । “तरुण दलमाथि दमन भएको छ,” अध्यक्ष थापाले भने, “अब देशव्यापी आन्दोलन चर्काउँछौं ।”

Facebook Comments
Show More

Related Articles