बिबिधसमाचारसाहित्य

चेतनामा १० जना कवि

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

विराटनगर, ४ साउन । विराटनगरस्थित चेतना संरक्षण साहित्य प्रतिष्ठानले १० जना कविका कविता वाचन कार्यक्रम आयोजना गरेको छ ।
विगत दुई वर्षदेखि प्रतिष्ठानले मासिक रुपमा साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । शुक्रबार भएको कार्यक्रममा कवि भरत गुरागाईं, शुभलक्ष्मी लम्साल, हरि बराल, मनोज मुस्किल, ओम आचार्य, हरि कट्टेल, शिवनाराण पण्डित, रमेशचन्द्र अधिकारी, वेदराज पौडेल र जीवन काफ्लेले कविता वाचन गरेका थिए ।
मकालु टेलिभिजनको सभाहलमा भएको कार्यक्रममा १० जनाले नै आफ्नो २–२ वटा कविता प्रस्तुत गरे । प्रतिष्ठानकी उपाध्यक्ष सरला चापागाईंको अध्यक्षतामा भएको कार्यक्रम वरिष्ठ साहित्यकार दधिराज सुवेदी, प्राज्ञ खेम नेपालीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Facebook Comments
Show More

Related Articles