बिबिधसमाचार

भारतीय मगन्ते र भिखारीबाट ब्यावसायी हैरान

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

हरि कोइराला
उर्लाबारी २ साउन ।पूर्वी मोरङ तथा मध्य मोरङका उर्लाबारी, पथरीशनिश्चरे र बेलबारी नगर क्षेत्रमा यतिबेला भारतीय मुलका भिखारी, मगन्ते र मानसिक सन्तुलन गुमाएका मानिसहरू बाक्लो उपस्थिति देखिन्छ । कोही नाङ्गै हिडिरहेका देखिन्छन, त कोही मध्य सडक बसेर ट्राफिक सुचना दिइरहेका देखिन्छन । सहरमा दैनिक जसो भिखारी र पागल भित्रिने क्रम बढेपछि पूर्वी तथा मध्य मोरङका ब्यापारीहरू हैरान भएका छन् ।
खासगरी झापाको काँकडभिट्टा र इलामको पशुपतिनगरबाट भारतीय मूलका भिखारी, मगन्ते र मानसिक सन्तुलन गुमाएका मानिस काकडभिट्टा नाका हुँदै नेपाल भित्रिने गरेका छन् ।
धरान–काँकडभिट्टा रुटमा सञ्चालन हुने बसका कन्डक्टरले भने –‘दैनिक भारतको सिलिगुडीबाट भिखारीहरु काँकडभिट्टा आउँछन् र धरान–विराटनगरका लागि छुट्ने बसमा चढ्ने गर्छन् । झट्ट हेर्दा भलाद्मी जस्ता देखिने मानसिक सन्तुलन गुमाएका मानिसहरूलाई भाडाको लोभमा यात्री सम्झेर चढाउँछौं तर भाडा नतिरे पछि मात्र उनीहरूको वास्तविकता थाहा हुन्छ । भाडा नतिर्नेलाई दुई तीन वटा विसौनी कटेपछि बसबाट जबरजस्ती ओरालिदिने गरेको अर्का कन्डक्टर भूवन बरालले बताउनु भयो । बरालका अनुसार त्यस्ता मानिसहरू बस परिवर्तन गर्दागर्दै साँझ सम्ममा उर्लाबारी र पथरी क्षेत्रमा आइपुग्ने गरेका छन् । तर पछिल्लो समय पथरी र बेलबारी बीचको जङ्गलमा भारतीय मालबाहक ट्रकहरूले सुस्तमनस्थिति, अपाङ्गता भएका र पागलहरूलाई राति छोड्ने गरेको ब्यावसायहरू बताउँछन् ।
पूर्वी नाकाबाट नेपाल छिरेका अधिकांश मगन्ते र पागलहरुले पूर्वी मोरङको बेलबारीदेखि उर्लाबारीसम्मको क्षेत्रलाई थात थलो बनाएर बसेका छन् । उर्लाबारी–बेलबारीको राजमार्गसँग जंगल जोडिएकोले बजारबाट कसैले खेदाई हाले पनि उनीहरू जंगल मै बस्ने गरेको स्थानीयको भनाई छ ।
उर्लाबारीका व्यापारी दिलिप अग्रवाल भन्नुहुन्छ– दैनिक २० देखि ५० जना मगन्ते आउने गर्छन् त्यसमा अधिकांश भारतीय मूलका हुन्छन् । कतिपयले त नेपाली र हिन्दी भाषा बोल्न नै जान्दैनन् उहाँले भन्नुभयो । बेलबारी, उर्लाबारी क्षेत्रमा जंगल रहेकोले सो क्षेत्रमा बढी मगन्ते र पागलहरु बस्ने गरेको बताउनुहुन्छ,– पथरीका व्यावसायी खगेन्द्र भट्टराई । सहरमा बास पाए सहरमै बस्ने, अन्यथा जंगलमा नै रात काट्नेहरुको संख्या धेरै रहेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।

उर्लाबारी ५ का ब्यापारी सुवास अधिकारीले केही वर्ष अघि दुई जना मगन्ते महिलाको बलात्कारका कारण मृत्यु भएको संस्मरण गर्दै भन्नुभयो –अहिले उर्लाबारी क्षेत्रमा दर्जन बढी भारतीय मुलका मगन्ते छन् । सुस्त मनस्थितिका,अर्धनग्न त्यस्ता मगन्तेका कारण शहरको स्वरुप नै बिग्रीएको भनाई स्थानीय ब्यापारीको छ ।
मोरङको रतुवामाई ९ का तोया पौडेलका अनुसार कोइला बोकेर आउने भारतीय मालबहाक ट्रकले मध्य रातमा भारतीय भिखारी र मानसिक सन्तुलन गुमाएकाहरूलाई छोड्ने गरेका छन् । आफूले प्रत्यक्ष देखेको बताउँदै उहाँले थप्नुभयो–‘ इटहरा बजारमा नेपाली, हिन्दी समेत बोल्न नजान्ने मानसिक सन्तुलन गुमाएका अर्धनग्न महिला,पुरुष गाउँमा थपिदै गए । त्यस पछि आफूले भारतीय ट्रकको निगरानी गर्दा कोइला बोक्ने ट्रकले इटहरा बजारमा मान्छे झारेको आँखैले देखें ।’
खासगरी भारतीय मूलका भिखारीलाई नियन्त्रण गर्न सिमा सुरक्षाले नै निगरानी राख्नुपर्ने व्यापारीहरु बताउँछन् । पथरीका ब्यावसायी देवी रिजाल भन्नुहुन्छ– भारतमा साधु र सन्तको सम्मान हुने गर्छ । तर, सम्मानित हुने वर्गका साधु, सन्त र भिखारीहरु नेपाल कमै मात्रामा आउँछन् । भारतको कलकत्ता संसार कै बढी भीख माग्ने बसेको शहर मानिन्छ । त्यही बाटो भएर नेपाल आउने भारतीय मालबाहक ट्रकले नेपालमा भिखारी भित्राएको जानकारहरू बताउँछन् ।
यो समस्यालाई बेलैमा नियन्त्रण नगरे भविष्यमा ठूलो समस्याका रुपमा देखिने बेलबारीका ब्यावसायी केदार अधिकारी बताउनु हुन्छ ।

Facebook Comments
Show More

Related Articles