बिबिधसमाचार

महाधिवेशन को मिति सार्वजनिक गर्नु हास्यास्पद ; अध्यक्ष महर

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

काठमाडौ २७असार / नेपाली काङ्ग्रेस निकट विद्यार्थी संगठनका नेविसंघ भित्रको विवाद आज महामन्त्री कुन्दन काफ्ले सहित को टोलि ले महाधिवेशन को मिति सार्वजनिक गरेसगै थप उत्कर्षमा पुगेक छ। बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै असन्तुष्ट समूहले आगामी साउन २३ देखि २५ सम्म महाधिवेशन गर्ने तय गरेको जानकारी गराएका छन् ।

नेविसंघको १२ औं महाधिवेशन को तयारी को लागि नेविसंघको बैठक साउन ४ र ५ गते बोलाएको अवस्थामा संगठनको मर्यादा बिपरित भेला गरेर संगठन को गरिमामा आँच पुर्याउन खोजेको भन्दै नेविसंघ अध्यक्ष नैनसिंह महरले असन्तुष्टि व्यक्त गरे। आफुसँग बहुमत छ भनेर भन्ने हरुले आफ्ना असहमतिहरु अनुशासन पुर्वक बैठकमा राख्न किन डराउने भन्दै अध्यक्ष महरले यसरी अवैधानिक र गैरसंस्थागत तवरले महाधिवेशन को मिति घोषणा गर्नु हास्यास्पद रहेको बताए ।

यसैगरी नाम नखुलाउने सर्तमा एक नेताले नेविसंघको अहिले को विवाद पार्टी सभापति देउवा सँग असन्तुष्ट नेताहरू को आदेशमा भएको भन्दै यो घटनालाई पार्टी बिभाजन को पुर्व तयारी समेत हुनसक्ने आशंका व्यक्त गरे।

यस्तै नेविसंघ अध्यक्ष महरले आज एक विज्ञप्ति जारी गर्दै नेविसंघको महाधिवेशन को मिति यहि साउन ४ र ५ गते बस्ने केन्द्रिय समितिले निर्धारण गर्ने भन्दै जुनसुकै हालतमा नेविसंघको १२ औं महाधिवेशन सम्पन्न गर्ने बताए ।

Facebook Comments
Show More

Related Articles