समाचार

“पंचायत भन्दा ओली सरकार निरंकुश”

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले केपी ओली नेतृत्वको सरकार पंचायती व्यवस्था भन्दा उग्र रुपमा प्रस्तुत भएको आरोप लगाएका छन । सरकारको पछिल्लो गतिविद्यिले पंचायत भन्दा ओली सरकार निरंकुश देखिएको हो कोइरालाले बताए ओली नेतृत्वको सरकारले गरेका निर्णय र अपमान जनताले पचाउनै नसक्ने खालका रहेको उनकोे धारणा छ ।

“यही रवैयाले प्राप्त लोकतन्त्र खतरामा पर्ने संकेत देखिरहेको छु” बालकृष्ण दाहालद्धारा लिखित ूप्रजातन्त्र सेनानी उमा शर्माको जीवनी र सिर्जना नामक पुस्तकको मंगलवार काठमाण्डौमा बिमोचन गर्दै डा. कोइरालाले भने । लोकप्रियताको नाममा सरकार सर्बसत्ताबादतर्फ लम्केकोले लोकतन्त्रको लागी पून एक पटक लडाई लडनु पर्ने आवश्यकता रहेको कोइरालाको पार्टी नेतृत्वसँग आग्रह छ । नेपाली जनतालाई सपना वाँडेर रेल र जहाज ल्याउछु भन्ने ओली सरकारको भ्रम कांग्रेसलाई पाच्य नहुने उनको तर्क छ । नेपालीको टाउकोमा ऋण बोकाउने यो निर्णय कांग्रेसको लागी कुनै पनि हालत्तमा मान्य हुन नसक्ने उनको भनाई छ । यस्तै कोइरालाले पार्टी भित्रको गुटबन्दीले कांग्रेस इतिहासमै कमजोर बनेको बताए । “मञ्चबाट नेताहरुले हात उठाएर हामी एक छौं भन्दैमा पार्र्टी एक हुदैन” कोइरालाले भने , “पार्टी एक तब मात्रै हुन्छ जब नेताहरु बिधानसम्मत हिड्छ ।”

कार्यक्रममा कांग्रेस महामन्त्री डा शशांक कोईराला,पुरुषोत्तम वस्नेत, डा तुल्सी भट्टराई लगायतले नेपालको प्रजातान्त्रिक आन्दोलनमा उमा शर्माको योगदानका बारेमा चर्चा गरे । प्रजातन्त्र सेनानी उमा शर्माले नोना कोईरालाको निधन पछि बिराटनगर स्थित कोईराला निवासको रेखदेख र हेरचाह गर्दै आएकी थिईन । शर्माको २०७३ साल असारमा निधन भएको हो ।

Facebook Comments
Show More

Related Articles