समाचार

केर्खा खोलाको पुल निर्माणमा भ्रष्टचार, काम सम्पन्न पछि भत्कियो पुल

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पथरी । पथरीशनिश्चरे नगरपालिकाको अनुदानमा वडा नं.–८, स्थीत केर्खा खोला पुल निर्माणमा निमार्ण समितिले व्यापक भ्रष्टचार गरेको स्थानीयले आरोप लगाएका छन् ।
केर्खा खोलमा सामान्य आएको बाढीले पुलको एक पटिको पङ्खा पुुलसँग छुट्टीएर लड्न लागे पछि स्थानीयहरुले त्यस्तो आरोप लगाएको हो । खोलामा सामान्य आएको बाढीले पङ्खा मात्र ढलाएनन्, पङ्खा सँगै जोडिएको तारजाली पनि भत्काएको छ । पुल निमार्ण सम्पन्न भएर फरफराक गर्न स्थानीयहरुको अनुगमन समिति र नगरपालिकाको उपमेयर संयोजक भएको अनुगमन समितिले अनुगमन गरेर मात्र रकम निकासा हुने प्रावधान रहेको छ । तर यहाँ दुवै पक्षले अनुगमन गरेर निर्मित पुलको रकम निकासा भएको पाइएको छ ।

केर्खा खोला पुल निर्माणमा स्थानीयहरुले पहिला देखि नै चासो राख्दै आएका थिए । स्थानीयहरले पुल निर्माणमा असहमती जनाउँर्दै आएको थियो । पुल विचमा हुनुपर्छ छेऊमा भयो । पछि पुलको छेउमा तारजाली खोलाको सतहमै राखिएकोले अहिले भत्किएको हो । तारजाली माथी सम्म लगाउनु पथ्र्यो लगाएन अव पुल एका तिर र खोला एका तिर हुने निश्चित भएको स्थानीय बाबुराम चौधरीले बताए ।पुल भत्किएपछि स्थानीय महेन्द्र बिष्टको अगुवाईमा रकम अनुसार र स्टीमेट अनुसार काम नभए प्राविधिक र समितिले भ्रष्टचार गरेर पुल भत्किएको भन्र्दै नगरपालिकामा उजुरी दिएका थिए । उजुरी पछि नगरका उपप्रमुख यामुना विष्टको अनुगमनको टोलीले सो पुल भत्किनुकोकारण प्राकृतीक विपती भनिदिएका महेन्द्र विष्टले बताए ।
यस बिषयमा वडा नम्बर ८ का वडाध्यक्ष बाबुराम दाहालले भने नगरको बजेट आफ्नो वडामा परेको तर आफ्नै वडाको बजेट अनुगमन गर्ने भ्याईनभ्याई भएको, विहान देखि बेलुकी सम्म बडामै बस्नुपर्ने बाध्यता, कुटपीट र झैझगडाको केश वडामै हुने भएकोले खासै समय दिन नसकेको र त्यो प्राकृतीक विपती नै भएको बताए ।पुलको स्टीमेट नगरपालिकाको इन्जिनियर र ओभरसियरले पटक पटक गरेर ४ पटक फेरबल गरेर बनाएका निमार्ण समितिका अध्यक्ष अर्जुन कार्कीले बताए ।
पानीको बाटोलाई हेरेर अलिक पुलको पश्चिम पटि बनाउनु पर्ने तर पूर्व पटि पुल निमार्ण गरिएकोले पानी सिर्धै पुल मुनि नभई पुलको पश्मि छेउमा हान्ने भएकोले भत्किएको हो । बैज्ञानिक ढङ्गबाट पुल बन्नु पर्ने तर भएन स्थानीय विष्टले बताए ।
प्राविधिक र समितिले २ सय मिटर ग्राभेल गायव
पुल निमार्ण सँगै ८५० मिटर सडक ग्राभेल ठेक्का लागेकोमा ६५० मात्र ग्राभेल गरिदिए पछि स्थानीयहरु असन्तुस्तटी भएका थिए । स्थानीयले समितिलाई स्टीमेट माग्दा पनि नदिएपछि नगरपालिकामा आफ्ना नजिकका मान्छेलाई हेर्न लगाए पछि स्टीमेटमा ८५० नै ग्राभेल गर्नुपर्ने रहेछ । त्यस पछि महेन्द्र विष्टको नेतृत्वमा उजुरी दिए पछि बाटो अनुगमन भएको थियो । नापजाप गरेपछि सो बाटोबाट कट्टा गरेर १लाख ९३ हजार रकम निस्कीएको थियो । सो रकमले आफु अध्यक्ष भएर पुलबाट पूर्व मिलन चौक जानेबाटोमा २ सय मिटर सडक ग्राभेल गरिदिएको महेन्द्र विष्टले बताए ।

पुलको रकम यसरी बाडेका थिए समितिले
पुल निमार्ण समितिका उपाध्यक्ष देविका थापाले ३० हजार लगेकी थिइन् । सो रकम सापटी लगेकी भने होइन् , उनीले सो रकम पुल निर्माणमा रेखदेख गरिदिए बापत पाएकी बताउँछिन् । समितिको माइनेटिङ खाता ४ वटा भएको बनाएकी छिन् । समितिका अन्य सदस्यहरुले पनि आफूभन्दा धेरै रकम बाँडेका उनीले बनाइन् । उनीले समितिले सबै खाता मलाई देखाउनु पर्छ अनिमात्र ३० हजार फिर्ता दिने बताइन ।

पुलको ठेक्का यसरी लाग्यो
केर्खा खोला पुललाई नगरपालिकाले आर्थिक बर्ष२०७४÷०७५मा ४० लाख बजेट विनियोजन गरिदिएका थिए । कुल बजेटको १५ प्रतिशत स्थानीयबाट संकलन गरी जम्मा ४६ लाख रकम रहेको थियो । सो बजेटले पुलसँगै पुलदेखि पश्चिम जाने शिवजी चौक सम्म ८सय५० मिटरबाटो ग्राभेल सहित गर्ने स्टीमेट नगरपालिकाले बनाई दिएका थिए । त्यस स्टीमेट अनुसार समितिले ३९ लाखमा ठेक्का लागेको थियो । पुल निर्माण लम्वाई ६मिटर ४ सेमी र उच्चाई ५मिटर र बाटो ग्राभेल शिवकुमार गुप्ता र पप्पु गुप्ताले लिएका थिए । त्यहाँको काम स्टीमेट अनुसार नै गरेको ठेकेदार शिवकुमार गुप्ता बताउँछन् ।ब्लस्त खबर बाट

Facebook Comments
Show More

Related Articles