बिबिधशिक्षा-स्वास्थ्यसमाचारसाहित्य

लिम्बू भाषामा पठन पाठनको माग

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पथरीशनिश्चरे २२ असार । लिम्बू जातिको संस्था किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे मोरङले नगरमा श्रीजङ्गा लिपिमा लिम्बू भाषाको पठन पाठन हुनु पर्ने माग गरेको छ ।
किरात याक्थुङ चुम्लुङ नगर समितिले शुक्रबार नगरप्रमुख दिलीपकुमार राई लाई ज्ञापन पत्र बुझाउँदै नगरका लिम्बू बहुल क्षेत्रमा लिम्बूभाषामा पठन पाठनको व्यवस्था गराउन माग गरेको हो ।
अध्यक्ष पर्शुराम सिरेङले संविधानले जातीय भाषामा पूर्व प्राथमिक शिक्षा पढ्न पाउने अधिकार सुनिश्चितता गरेकोले संस्कृति संरक्षण गर्न लिम्बूभाषाको पठन पाठन माग गरिएको बताउनु भयो । त्यसप्रकारको आनीपान शिक्षाका लागि शिक्षक दरवन्दीको व्यवस्था गरिदिन समेत माग गरेको छ ।
ज्ञापनपत्र बुझ्दै नगरप्रमुख राईले सवैको भाषा, संस्कृतिको उत्थानका लागि नगरपालिका सहयोगी वन्ने धारणा राख्नुभयो ।

Facebook Comments
Show More

Related Articles