पत्रपत्रिकाबाटबिबिधसमाचार

समारोहमा चुरोट तान्दै पारसले भने, ‘अब केही गर्नुपर्छ ‘

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

भैरहवा- पूर्वराजा तथा बुवा ज्ञानेन्द्र शाहको जन्मोत्सव मनाउन नेपालगञ्ज हिँडेका पूर्वयुवराज पारस बुधबार भैरहवास्थित सिटीम्याक्स होटेलमा सहयोगीहरूसँग एक सार्वजनिक कार्यक्रममा सार्वजनिक भए ।

नेपालगञ्ज जाने क्रममा उनी मंगलबार राति भैरहवा आइपुगेका हुन् । शिवसेना नेपाल र राजतन्त्र समर्थकहरूले उनीसँगको भेटघाट कार्यक्रम राखेका थिए । राजसंस्था सक्रिय हुनुपर्यो, राजनीतिमा लाग्नु पर्यो भन्दै अनुरोध गरेका आफ्ना शुभेच्छुकहरूलाई पूर्वयुवराजले भने, ‘अब ताली पिटेर मात्रै राजसंस्था फर्किन्न, एकजुट भएर लाग्नु पर्यो ।’

करिब आधा घण्टा पत्रकार र शुभेच्छुकहरूसँग बिताएका शाहले त्यसबाहेक अरू केही बोलेनन् । कालो रेबन चश्मा, लामो चुल्ठो बाँधिएको कपालमाथि ढाका टोपी, घाँटीमा सेतो माला र कलेजी रंगको पोशाकमा देखिएका थिए उनी । सार्वजनिक कार्यक्रममा पनि उनको चुरोटको लत प्रकट भयो, आधा घण्टाबीचमै तीन खिल्ली तानेर भ्याए ।

उनीसँगै पहेंलो बस्त्रमा देखिएका महाराज योगी व्यग्र वेगनाथले सबै मिलेर देशमा राजसंस्था फर्काउनुपर्ने बताए । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हेमबहादुर सिंहका छोरा प्रभञ्जन सिंह पछिल्लो समय सक्रिय राजसंस्थाको वकालत गर्दै संन्यासी पोशाकमा पूर्वयुवराजसँगै हिँडिरहेका छन् ।

Facebook Comments
Show More

Related Articles