बिबिधसमाचार

सरकारले घोषणा गरेको निषेधित क्षेत्रमा नेविसङ्घको प्रदर्शन

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

काठमाडौं २० असार / नेपाल विद्यार्थी संघले सरकारले विरोध प्रदर्शन गर्न निषेध गरेको स्थान माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

आज बुधबार कांग्रेस केन्द्रीय सदस्य तथा नेविसंघका पूर्वसभापति प्रदीप पौडेलको उपस्थितिमा नेपाल विद्यार्थी संघले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

नेविसंघले सरकारविरुद्ध नाराबाजी गर्दै माइतीघर मण्डला परिक्रमा गरेको थियो । प्रदर्शनलाई लक्षित गरी ठूलो संख्यामा प्रहरी परिचालन भए पनि नेविसंघले प्रदर्शन ग¥यो ।

प्रदर्शनकारीले छोराको हत्यामा संलग्नको कारबाहीको माग राख्दै आमरण अनशनमा बसेकी गंगामाया अधिकारीको माग पूरा गर्न माग गरे ।

सरकारले भने सार्वजनिक स्थलमा सभा र प्रदर्शन गर्न निषेध गर्दै त्यसका लागि उपत्यकाका निश्चित १३ ठाउँ तोकेको छ ।

Facebook Comments
Show More

Related Articles