समाचार

स्थानिय स्तरमै स्वास्थ्य सेवा पाएपछि खुशीले दंग

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

विराटनगर / मोरङको कटहरी गाउँपालिका – १ की माला राजवंशी दात दुख्ने समस्याले हैरानी भएकी थिइन् । जीवन विकास समाजमा आवद्ध भएकी राजवंशी जव आफनै गाउँमा खुलेको जीवन विकास पब्लिक हेल्थ सेन्टरमा पुगेर सेवा लिइन् अहिले राम्रो भएको उनले बताइन् ।

‘दात दुख्ने समस्याले गर्दा केही दिनयतादेखी केही खान नसक्ने भएको थिए,’ हस्पिटलमा उपचार पछि फलोअपमा आएकी राजवंशीले भनिन्, ‘हस्पिटलमा रहेका चिकित्सवलाई देखाए पछि अहिले ठिक छ । नियमित रुपमा चेकअप गरेपछि औषधी सेवनले ठिक बनायो ।’

उनीमात्र होइन जीवन विकास पब्लिक हेल्थ सेन्टरमा आएर उपचार गर्ने थुप्रै विरामीको सफलता पूर्वक उपचार गरी ठिक भएका छन् । शहरी क्षेत्रमा खुलेको हस्पिटल जस्तै सम्पूर्ण सेवाहरु जीवन विकासको पब्लिक हेल्थ सेन्टरमा दिएपछि अहिले विरामीको चाप समेत बढेको छ ।

ग्रामिण क्षेत्रका विरामीहरुलाई लक्षित गरी स्थानिय स्तरमा सम्पूर्ण स्वास्थय सेवाहरु जीवन विकास पब्लिक हेल्थ सेन्टरले दिएपछि अहिले धेरैलाई राहत भएको स्थानियको भनाई छ ।जीवन विकास समाज द्धारा सञ्चालित जीवन विकास पब्लिक हेल्थ सेन्टरले आफनो सदस्यहरुलाई विशेष छुटमा उपचार गर्ने गरेको छ । दैनिक रुपमा ओ.पी.डि. देखी, प्रसूति तथा स्त्रीरोग सेवा, फिजिसियन सेवा, मुख तथा दन्तरोग सम्मको सेवाहरु रहेको छ । त्यस्तै अत्याधुनिक सुविधा सम्पन्न डाईग्नोष्टिक तथा रेडियोलोजी सेवाहरु प्रदान गर्दै आएको छ ।

हस्पिटको अनुसार जीवन विकासमा आवद्ध परीवारको लागि दर्ता शुल्कमा ५० प्रतिशत छुट, ल्याव तथा अन्य सेवामा १० देखी २५ प्रतिशत छुट दिएको छ । हस्पिटलमा आएर छुट लिने विरामीको लागि जीवन विकास समाजको परिचयपत्र लिएर आउनुपर्ने नियम लागु गरेको बताइएको छ ।

विराटनगरको विराट मेडिकल कलेज र विराट नर्सिङ होममा यस संस्थाका सदस्यहरुले उपचार गराउँदा २५ प्रतिशतसम्म छुट पाउँछन् । संस्थाका सदस्यहरुलाई बिरामी पर्दा सहुलियत होस् भनेर स्वास्थ्य संस्थासँगको सहकार्यमा यस्तो योजना ल्याइएको संस्थाले जनाएको छ । कटहरी गाउँपालिकामा रहेको स्वास्थ्य संस्थामा पूर्वभरीका संस्थाका सदस्यहरुले सेवा लिइरहेका छन् । ‘अरु स्वास्थ्य संस्थाभन्दा त्यहाँ छुट हुन्छ,’ संस्थाको वरिष्ठ अधिकृत सन्जयकुमार मण्डलले भने, ‘गरिब सदस्यहरुलाई सानो छुट हुँदा पनि निकै ठूलो सहयोग हुन्छ ।’जीवन विकास समाजको मुख्य काम वित्त परिचालन हो । सुनसरी, मोरंग, झापा, इलाम, धनकुटा, उदयपुर र सिन्धुलील गरी ७ वटा जिल्लाहरुबाट ७५ वटा शाखाहरुमार्फत् १ लाख ९० हजार ८ सय ४७ जना सदस्यहरुले वित्तीय सेवा दिइरहेको छ । संस्थाले शिक्षादेखि आवाससम्मका प्रयोजनमा ऋण लगानी गर्ने गरेको छ ।

Facebook Comments
Show More

Related Articles