समाचार

कैलालीका २ सय ५० घर डुबानमा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

कैलाली । लगातार ३ दिनदेखि परेको अविरल वर्षाका कारण कैलालीको दक्षिणपूर्वी क्षेत्रमा भजनी नगरपालिकामा बाढीले २५० घर डुबानमा परेका छन् । नदीको पानी गाउँमा पस्दा २५० घर डुबानमा परेको हो ।

भजनी नगरपालिका भएर बग्ने काँन्द्रा, काँडा र पथरैया नदीको बाढी गाउँमा पसेको छ । भजनी नगरपालिकाको वडा नम्बर ३ को पकरियापुर, वडा नम्बर ५ को नौबस्ता, कटीपुर, लालबोझी, वडा नम्बर ७ को सिराधानी बस्ती, गणेशमान मुक्तकमैया बस्ती, वडा नम्बर ८ को काँडाढिक र वडा नम्बर ९ को खुरखुरिया र ओखरपुर बस्ती डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए ।डुबानमा परेका परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको इलाका प्रहरी कार्यालय हसुलियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए । डुबानमा परेका बस्तीका स्थानीयलाई बस्तीमा वनाईएको सेफ हाउसमा राखिएको छ भने कतिपय परिवारलाई हुलाकी राजमार्गमा राखिएको छ ।  बाढी प्रभावित क्षेत्र भजनी नगरपालिकामा स्थानीय जनप्रतिनिधि, नेपाल रेडक्रस, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको छ ।

Facebook Comments
Show More

Related Articles