बिबिधसमाचार

जनप्रतिनिधिहरुको अधिकार क्षेत्रबारे तालिम

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

 

पथरीशनिश्चरे, १७ असार / मोरङको पथरीशनिश्चरे नगरका जनप्रतिनिधिहरुका लागि स्थानीय सरकार सञ्चालन सम्वन्धी तालिम प्रदान गरिएको छ ।

संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत जिल्ला समन्वय समितिको समन्वयमा सञ्चालित ३ दिने तालिममा स्थानीय सरकार सञ्चालन ऐन ०७४ ले गरेको व्यवस्था अनुसार नगर तथा वडा कार्यालयका काम, कर्तव्य र अधिकारका बारेमा प्रष्ट्याइएको छ ।

तालिममा सरोज गौतम, विद्या गौतम र कृष्णप्रसाद पोखरेलले सहजिकरण गर्नुभएको छ ।

Facebook Comments
Show More

Related Articles