शिक्षा-स्वास्थ्यसमाचार

आँपले स्वास्थ्यमा पुर्याउने असरहरु यस्ता छन् पुरा पढ्नुहोस

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

गर्मीको समयमा आँप प्रसस्त मात्रामा पाइन्छ । यस समयमा मानिसहरुलाई मनपर्ने फल भनेकै आँप हो । आँपमा विभिन्न पौष्टिक तत्व पाइने भएकाले यो स्वास्थ्यको लागी निकै लाभदायक मानिन्छ । तर कतिपय अवस्थामा आँप स्वास्थ्यको लागी निकै हानिकारक बन्न पुग्छ । त्यसैले आँप खाँदा यसले पुर्याउने फाइदा र बेफाइदा दुवै जानी राख्नुपर्छ । आँपले शरीरमा गर्मि बढाउने भएकाले पनि आँप कमै खान सल्लाह दिने गरिन्छ ।

आँप खाँदा ध्यान दिनुपर्ने कुराहरु यस्ता छन् :

१) सफाइमा ध्यान : आँपलाई राम्रोसँग पखालेर मात्र खानुपर्छ । यसको टुप्पोमा पाइने तरल पदार्थले ओठ र घाँटीमा एलर्जी ल्याउने काम गर्छ ।

२) तौल बढाउँछ : यसमा क्यालोरीको मात्रा बढी हुन्छ । यसले गर्दा आँप धेरै खाँदा शरीरको तौल बढ्ने गर्छ । त्यसैले यदी तपाई आफ्नो शरीरको तौल घटाउन चाहनु हुन्छ भने आँप खान नियन्त्रण गर्नुहोस ।३) मधुमेहलाई असर : आँप एउटा गुलियो फल हो । यसले गर्दा हाम्रो शरीरमा ब्लड सुगरको मात्रा बढ्छ । त्यसैले यदी तपाईलाई मधुमेहको समस्या छ भने आँप खानु निकै हानिकारक मानिन्छ ।

४) पाचन पक्रियामा असर : कुनैपनि खानेकुरा धेरै मात्रामा सेवन गर्दा त्यसले पेटलाई बोझिलो बनाउँछ । पचाउन गाह्रो हुन्छ । ठिक यसैगरी आँप पनि धेरै सेवन गरियो भने पाचन प्रणालीमा असर गर्छ । पेट खराब हुन्छ । साथै आँप अधिक मात्रामा सेवन गरियो भने शरीरको तापमान बढ्न सक्छ ।

Facebook Comments
Show More

Related Articles