समाचार

बार्षिक २५ लाख भाडा तिर्दै यातायात कार्यालय

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

इटहरी । सेवाग्राहीको अत्याधिक चाप हुने इटहरीमा रहेको कोशी अञ्चल यातायात कार्यलय २९ बर्ष देखि भाडाको घरमा बस्दै आएको छ । कोशी अञ्चल यायातात कार्यलय सवारी शाखा र लाईसेन्स शाखा लामो समय देखि पार्किङ नै नभएको भाडाको घरमा बस्दै आएको छ । जसका कारण कार्यलयले मात्र हैन दैनिक सेवाग्राहीले सास्ती बेर्होनु पर्ने बाध्यता छ ।दुई कार्यलयले बार्षिक राजश्व मात्र १ अर्ब ६० करोड उठाउँछ तर त्यही कार्यलयको हालत हेर्दा विरक्त लाग्दो छ । चालु आर्थिक वर्षको अहिले सम्म कोशी अञ्चल यातायात कार्यलय सवारीले १ अर्ब ३० करोड र लाईसेन्स शाखाले ३० करोड राजश्व उठाईकेको छ । तर यी दुबै कार्यलय कन्तविजोक तरीकाले बसेको छ ।

बार्षिक करीब २५ लाख भाडा तिर्ने कार्यलयहरु भबन विहिन हुदा सेवाग्राहीलाई समस्या हुन पुगेको छ । ब्यस्त्त हाईवेयमा कार्यलय हुदा सेवाग्राीलाई समस्या हुने गरेको तेह्थुमबाट बुल्लुबुक रिनो गर्ने आएका सुरेश लिम्बुले वताए । कार्यलय अगाडी शुत्रबार भेटिएका उनले भने कार्यलय ब्यवस्थीत भएन् ।यातायात कार्यलयको सवारीले मासिक १ लाख १५ हजार भाडा तिर्छे भने लाईसेन्स शाखाले ९५ हजार भाडा तिदै आएको छ । यातायात कार्यलयको आफ्नो ट्रायल सेन्टर सम्म छैन । दुलारीमा रहको ट्रायल सेन्टरलाई बार्षिक १ लाख रुपैया भाडा तिर्ने गरेको कोशी अञ्चल यातायात कार्यलयका प्रमुख श्याम सिंह वताउँछ । जग्गा भए पनि भबन बनाउँने बजेट नआएको उनको भनाई छ । बल्ल प्रदेश सरकारले यो वर्ष ३० लाख छुट्याईदिएको उनको भनाई थियो । भबन बनाउँन तयारी स्वरुप उक्त रकम छुट्याएको उनी बताउँछन ।

इटहरी २ आँपगाछी र हलगडामा रहेको यो कार्यलय लथालिङ्ग अवस्थामा छ । दुबै कार्यलयको पार्किङ छैन । लामो समय देखि भबन नबन्दा यातायात कार्यालय भाडाकै घरमा बस्न बाध्य छ । भाडामा बसेकोे घर सँगै अन्य स्थानियका घर पनि जोडिएका छन् । स्थानियका घर सँगै कार्यलय राख्नु पर्दा सेवाप्रवाह, असहज महसुस भएको त्यहाँ कार्यारत कर्मचारीहरुले जनाएका छन् । यातायात कार्यलय सवारीका इन्जिनियर गोपी बोहोरा भन्छन् आफ्नै भबन नहुदा भाडाको घरमा काम गर्ने असहज हुदो रहेछ । सर्वसाधरणहरुको भिड हुने कार्यलयको आफ्नै भबन नहुदा समस्या हुदै आएको उनको भनाई छ ।जग्गा छ भबन छैन
यातायात कार्यलय सवारी र लाईसेन्सको नाममा जग्गा भए पनि भवन नहुदा भाडाका साघुरो कोठामा कर्मचारीहरु काम गर्ने बाध्य छन । पार्किङ समस्याले अस्तब्यस्त बन्दै गएको कार्यलयले २९ बर्ष सम्म भबन नबन्दा कर्मचारीहरुलाई मात्र हैन सर्वसाधरण पनि समस्यामा पदै आएका छन । कार्यलयको इटहरी उपमहानगरपालिकामै १ विगाह जमिन भए पनि भबन भने अहिले सम्म निमार्ण हुन सकेको छेन ।
हलगडा र आँपगाछीमा रहेको कार्यलय दुबै कार्यलयको जग्गा सरकारले खरीद गरे पनि अहिले सम्म कार्यलय बनेको थियो । प्रदेश सरकारले थोरै भए पनि रकम छुट्याएर भबन निमार्ण तयारी भने गरेको त्यहाँका कर्मचारीहरुले बताएका छन । लामो समय देखि भबन नभएको कार्यलयले भबन बनाउँदा सेवाग्राहीलाई राहत मिल्ने सेवाग्राहीहरु बताउँछन ।

आश्वसन दिए बजेट दिएनन्
तत्कालीन भौतिक निमार्ण तथा यातायात मन्त्री रमेश लेखकले कोशी अञ्चल यातायात कार्यलय इटहरीको भवन अस्तब्यस्त रहेको भन्दै कार्यलय बनाउँन पहल गर्ने भनेका थिए । तर उनको पद सक्किए पछि भबन बनाउँने कुरा अपुरै रहयो । कार्यलयको निरिक्षण गर्ने इटहरी स्थित कार्यलय पुगेका मन्त्री लेखकले कार्यलय सुविधा सम्पन्न हुन नसकेको भन्दै गुनासो मात्र गरे बजेट विनियोजन भने गरेनन् ।
लामो समय देखि घर भाडा लिएर कार्यलय सञ्चालन गदै आएको कोशी अञ्चल यातायात कार्यलय अहिले पनि ब्यवस्थीत छैन । दुबै कार्यलय हाईवेयमा भए पनि कार्यलयलाई पार्किङ टाउँको दुखाई बन्दै गएको छ । कोठाहरु सानो र सुविधा राम्रो नभएको भन्दै फराकिलो ठाउँमा जग्गा खोजेर आफ्नै भवन वनाउँन तत्कालिन कार्यलय प्रमुख रमेश दाहाललाई निर्देशन दिएका तर बजेट भने दिएनन् ।बार्षिक करीब १८ अर्ब राजश्व उठाउँने कोशी अञ्चल यातायात कार्यलय इटहरी भाडाको घर लिएर सेवाग्राहीलाई दिईरहेको कोशी अञ्चल यातायात कार्यलय इटहरीले जनाएको छ । कार्यलयमा सेवाग्राहीको चाप वढी हुने गरेको कारण भाडामा लिएको कोठाहरु सानो हुदा समस्या हुदै आएको कार्यलयले जनाएको छ । ब्लस्त खबर बाट

Facebook Comments
Show More

Related Articles