अर्थकृषिबिबिधसमाचार

पाठशाला कृषि सहकारीले सुरु ग¥यो ब्यावसायिक तरकारी खेती

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

हरि कोइराला
उर्लाबारी १२ असार । मोरङको उर्लाबारी–६ स्थित पाठशाला कृषि सहकारी संस्था लिमिटेडले ब्यावसायिक तरकारी खेती गर्न थालेको छ ।
सरकारले सहकारी संस्थालाई उदेश्य अनुसारको काम गर्न निर्देशन गरेलगत्तै पाठशाला कृषि सहकारी संस्थाले ब्यावसायिक तरकारी खेती गर्न थालेको हो । संस्थाका अध्यक्ष दुर्गाप्रसाद खतिवडाले भन्नुभयो – उदेश्य अनुरुप काम नगरी बचत तथा ऋणको मात्र कारोवार गर्ने संस्थालाई उदेश्य फेर्न लगाउने निर्देशिका बनेपछि हामी उदेश्य अनुसार नै कृषि कर्ममा लागेका हौं ।

All-focus

संस्थाले हाल ४ विगाहा ११ कट्ठा जग्गा लिजमा लिएर ब्यावसायिक तरकारी खेती गरिरहेको छ । वार्षिक १ लाख ५० हजार रुपियाँ तिर्ने गरी संस्थाले जग्गा लिजमा लिएको हो । ४ महिना अघि संस्थाले तरकारी खेती योजना तयार गरेको हो । यद्यपि बजारमा तरकारीको सर्वाधिक माग हुने समय (असार १५ देखि भदौ मसान्त सम्म)मा तरकारी निकाल्ने गरी खेती सुरु गरिएको संस्थाका सचिव कृष्णप्रसाद शिवाकोटीले बताउनु भयो ।शिवाकोटीका अनुसार अहिले २ विगाहा क्षेत्रफलमा करेला,बोडी,काँक्रा,घिरौला,लौका,भिन्डी,खोर्सानी, फर्सी र झिगनी लगाइएको छ । जेठको पहिलो साता लगाइएको तरकारीबाट असारको दोस्रो साता देखि आम्दानी लिन सकिने सचिव शिवाकोटीके भनाई छ । संस्थाले तरकारी खेतीम २ लाख ५० हजार रुपियाँ लगानी गरेको छ ।
दैनिक ६ जना कामदारले तरकारी खेतीमा रोजगार पाइरहेका छन् । सचिव शिवाकोटीले भन्नुभयो – एक जना प्राविधिकलाई मासिक २० हजार पारिश्रमिक दिएर राखेका छौं । आवासीय रुपमा रहेका प्राविधिक सुरेशकुमार मेहताले भन्नुभयो –‘अढाई लाख लगानी भएको छ । ४ लाख रुपियाँको तरकारी बजार पठाउन सकिन्छ । उहाँले पहिलो पटक भएकोले पूर्वाधार र कृषि सामग्रीको खर्चका कारण लगानी बढी भएको बताउनु भयो । अर्को पटक देखि बाँस,डोरी सिंचाईको पूर्वाधर निर्माणमा खर्च हुँदैन त्यसैले खर्च कम र आम्दानी बढी हुन्छ ।
४ सय ५० जना शेयर सदस्य रहेको कृषि सहकारी संस्थामा १२ लाख रुपियाँ शयर रहेको छ भने ५० लाख रुपियाँ निक्षेप रहेको छ । संस्थालाई प्रर्ण रुपमा कृषि सहकारी संस्थाको परिचय पदन यसै वर्षबाट बाख्रापालन र घाँस खेती गर्ने योजना रहेको अध्यक्ष दुर्गाप्रसाद खतिवडाले बताउनु भयो । उहाँले भन्नुभयो –मावा खोला धारको जग्गा हो सबै खेतमा तरकारी खेती हुँदैन ,त्यसैले २ विगाहा १५ कट्ठामा तरकारी खेती लगाएर बाँकी जग्गामा घाँस खेती र बाख्रापालन गर्ने योजना छ ।

Facebook Comments
Show More

Related Articles