खेलकुद

शुरु भयो बेलबारी मेयरकप

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी ÷ मोरङको बेलबारीमा मेयरकप फुटबल प्रतियोगिता सुरु भएको छ । एम्ब्रियो युवा क्लब बेलबारी ८ को आयोजनामा शनिबारबाट बेलबारी मेयरकप शुरु भएको हो । एक कार्यक्रमका बिच बेलबारी नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले उदघाटन गरेका छन । उदघाटन गर्दे मेयर ज्ञानेन्द्र सुबेदीले खेलकुदका क्षेत्रमा नगरपालिकाले लगानि गर्ने बताएका छन । बेलबारी ८ का वडाध्यक्ष धनपति गौतमले उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रम उदघाटन अघि बेलबारीका पत्रकार र कर्मचारी बिच भएको मैत्रीपुर्ण खेलमा पत्रकार टिम १ का बिरुद्ध २ गोलले बिजयी भएको छ । बेलबारी ८ राधानगर खेलमैदानमा शुरु भएको मेयरकपमा नगरका ११ वटा टिम सहभागी भएका छन । प्रतियोगीतामा ६ लाख खर्च लाग्ने अनुमान गरिएको एम्ब्रियो युवा क्लबका सल्लाहकार रबिन थापाले बताएका छन । शनिबार उद्घाटन खेल वडा नम्बर ७ र ८ बिच भएको खेलमा वडा नं ८ बिजयी भएको छ । खेलमा वडा नं ७ ५–० ले पराजित भयो । आइतबारको खेल वडा नं ४ र ११ बिच हुने सल्लाहकार थापाले जानकारी दिए ।
सवै वडाबाट आएका खेलाडीवाट छनोट गरेर नगरपालिका स्तरीय एउटा टिम बनाउने एम्ब्रियो युवा क्लबका कोषाध्यक्ष प्रेम तामाङले बताएका छन । १९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख दोस्रो हुने टिमलाई नगद ५० हजार सहित सिल्ड,मेडल प्रमाण पत्र प्रदान गरिने क्लबका अध्यक्ष नारायण लिङथेपले बताएका छन ।
बेष्ट प्लेयर, हाई स्कोररलाई नगर ५÷५ हजार तथा दैनिक उत्कृष्ट खेलाडीलाई नगद दुई हजार प्रदान गरिने आयोजकले जनाएको छ । एम्ब्रियो क्लबले ४ जना राष्ट्रिय खेलाडी समेत उत्पादन गरिसकेको छ । जसमध्ये नबिन गुरुङ नेपाल आर्मी वाट खेलिरहेका छन भने छिरिङ तामाङ हिमालय शेर्पा कलब तथा अरुण लिम्बु र अनिश घिमिरे मोरङ ११ बट खेलीरहेका छन ।

Facebook Comments
Show More

Related Articles