nirantarkhabarबिचार/दृष्टिकोणशिक्षा-स्वास्थ्यसमाचार

SEE पछि बिद्यार्थीहरुको गन्तब्य

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

सुरुका बर्षहरुमा SLC का नामले परिचीत परीक्षा विगत केही बर्ष देखी SEE का नाम बाट संचालन हुदै आएको छ।परीक्षाको नाम मात्र हैन परीक्षा प्रणालीमा समेत परिवर्तन आएको छ।अहिले आएर लेटर ग्रेडिंग प्रणाली मा नतिजा प्रकाशन हुने यो परीक्षामा G.P.A.  अर्थात् Grade Point Average को ठुलो चर्चा परिचर्चा बहस हुनुका साथै धेरैका लागी बुझ्नै गारो बिषय बनेको छ।तथापी अहिले आएर यसलाई सवै सरोकारवालाहरु, बिद्यार्थी, शिक्षक, अभिभावक, पाठ्यक्रम निर्माता तथा शिक्षाविद आदिले सहज ढंग बाट ग्रहण गर्न थालिएको महशुस हुन्छ ।

S.L.C. अर्थात् SEE लाई फलामे ढोकाको रुपमा अर्थ लगाइनाले आम बिद्यार्थीहरुमा परीक्षामा राम्रो ग्रेड ल्याउनु नै पर्ने भन्ने एक किसिमको गम्भिर मनोवैज्ञानिक छाप परेको छ ।SEE मा राम्रो गरेर डाक्टर, नर्स,पाइलोट,इन्जीनियर लगायतका प्राबिधिक क्षेत्र छनोट गर्न बिद्यार्थीहरु पनि सकेसम्म कडा मेहेनतका साथ् पढ्ने, साम ,दाम र दण्ड भेद सहित उत्कृस्ट अंक वा ग्रेड प्राप्तीमा सरिक हुने गरेको सबैमा जगजाहेर नै छ।बास्तवमा ३ घण्टा को पेपर-पेन्सिल मा आधारित परीक्षा ले बिद्यार्थीहरुको क्षमता तथा योग्यताको कत्तिको मुल्यांकन गर्न सकिएला भन्ने प्रश्न पनि एकातिर विचारणीय छ ।

SEE मा राम्रो ग्रेड ल्याउनेले चै बिज्ञान तथा अन्य प्राबिधिक धारकै बिषय पढ्नै पर्ने र मध्यम तथा न्युन ग्रेड ल्याउनेले चै आर्टस,कमर्श तथा शिक्षा बिषय पढ्नु पर्ने भन्ने जुन आम बुझाई छ त्यसलाई परिवर्तन गर्न जरुरी छ । SEE मा मध्यम तथा न्युन  ग्रेड ल्याउने बिध्यार्थीहरुले पनि मेहेनतका साथ पढ्ने हो भने जुनसुकै बिषयहरु पढ्न सक्छन | उनीहरुले पनि माथिल्लो कक्षा तथा तहहरुमा  पुन राम्रो ग्रेड प्राप्त गर्ने सम्भावना प्रायाप्त रहन्छ।त्यो त केवल बिद्यार्थीको लगाव र इच्छाशक्तिमा भर पर्ने कुरा हो ।राम्रो ग्रेड आयो अथवा छोरा छोरीले राम्रो ग्रेड SEE मा ल्याए भनेर जवर्जस्ती उनीहरुको इच्छा बिपरित प्राबिधिक धरका बिषयमा भर्ना हुन बाध्य पारिदा बिद्यार्थीरहरुले उनिहारुका अभिभावकको अपेक्षा बमोजिम आशातित प्रगति नगरेको प्रसस्तै उदाहरणहरु हाम्रा अगाडी ज्वलन्त छन् ।

हाम्रो समाज लहै-लहै र होहरेमा चलेको छ।राम्रो संग नबुझी,सरसल्लाह नगरी,विज्ञसंग परामर्श नलिइ  उच्च शिक्षाका लागी आफ्ना अबोध छोराछोरीहरुलाई छिमेकीको सेखी झार्न भर्ना गरिदिदा अभिभावकको लगानी बालुवामा पानि नहोला भन्न सकिदैन।बिद्यार्थीहरुले बिषय वा संकाय छनोट गर्दा गहन अध्यन पछी मात्र छनोट गर्नु श्रेयकर हुन्छ किनकि साथीभाई र अग्रजहरुको लहै-लहैमा बिषय वा शैक्षिक संस्था छनोट गर्दा भोलि सही गन्तव्यमा नपुगी बीच बाटोमै रुमलिने सम्भावना अधिक रहन्छ।तसर्थ बिषय तथा शैक्षिक संस्था छनोट गर्दा निम्न कुराहरुमा ध्यान पुर्याउनु जरुरि छ।

१. आफुले पढ्ने बिषयको रोजगारीको बजार सम्भावना कस्तो छ ?

२. उक्त बिषय आध्ययन गरेका बिद्यार्थीहरुको अबस्था वा रोजगारीको अवस्था के छ ?

३.अन्तराष्ट्रिय बजारमा बिक्न कत्तिको सम्भव छ ?

४.स्वरोजगारका लागी उक्त पढाईले कत्तिको सहयोग पुर्याउछ।

५.परिवारको आर्थिक हैसियत ले उक्त बिषय पढ्न धान्छ कि धान्दैन ?

६.आफुले सिकेको ज्ञान तथा सिपले जीवनमा कत्तिको महत्व राख्दछ  आदि।

पछिल्लो समयको आकडालाई हेर्ने हो भने झन्डै ५०% बबिद्यार्थीहरुले कमर्स अर्थात वाणिज्य बिषय पढेको पाइन्छ र बाकीं ५०% चाही प्राबिधिक बिषयहरु,साइन्स,शिक्षा,आर्ट्स, लगायतका बिषय अध्यन गर्ने गरेको पाइन्छ ।यसबाट के देखिन्छ भने कमर्स पढ्नेको बाहुल्यता बढी र बेरोजगारीको दर पनि उच्च नै छ। प्राबिधिक बिषय अन्तर्गत होटल म्यानेजमेन्ट, कम्प्युटर, इन्जिनियरिंग र नर्सिंग पढ्नेको ताँती  निक्कै अचम्म लाग्दो छ।जसवाट उत्पादित जनशक्ति केहीलाई अपवातको रुपमा लिने हो भने लगभग लगभग बजारमा बिक्न धौ -धौ को स्थिति छ | ठुलो धनराशी खर्च गरेर नर्शिंग पढ्नेहरु निशुल्क भोलेन्टियर तथा पाँच -दश हजारको जागिरमा अलमलिनु पर्ने तथा श्रम शोषणमा पर्ने गरेको प्रशस्तै उदाहरण देख्न सकिन्छ | अहिले च्याउसरी खुलेका  +२ हरुमा होटल म्यानेजमेन्ट र नाम मात्र को कम्प्युटर साइन्स पढाइ हुने संस्थाहरुको मनै लोभ्याउने खालका तडक भड्क सहितका बिज्ञापनहरुले आम बिद्यार्थीहरु तथा अभिभावकहरुलाई नै दिग्भ्रमित पारेको छ भन्दा अतिसयोक्तीक्त नहोला।

तसर्थ यो बेला बिद्यार्थी तथा तिनका अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई पढाउने शैक्षिक संस्थाको बिगतको बिरासत तथा त्यहाँ उपलब्ध जनशक्तिको गुणस्तर तथा पृष्ठभूमि समेत नियाली निर्णय गर्नुपर्ने देखिन्छ |आहिलेको अवस्था र आँकडालाई हेर्ने हो भने आर्ट्स तथा शिक्षा संकायमा बिद्यार्थीहरुको भर्ना दर न्युन छ।बजारमा दिनप्रतिदिन यी बिषयका जनशक्तिको माग बढ्दो छ भने भविष्यमा जनशक्ति अभाब हुनेकुरालाई सजिलै पूर्वानुमान गर्न सकिन्छ यसर्थ यी बिषयहरुको राम्रो अध्ययन गरि उत्कृष्ठ G.P.A. सहितको सर्टिफिकेट बिद्यार्थीले आर्जन गर्न सके भोलिका दिनहरुमा जागिरका लागी भौतारिनु पर्ने अवस्था निक्कै कम हुने देखिन्छ | कुनैपनि संकाय वा बिषय ठुलो र सानो भन्ने हुदैन त्यो त मान्छेको हेर्ने नजर र बुझाईमा भर पर्छ | यसकारण बिद्यार्थीहरुले लहडमा र साथीहरुको लहै  -लहैमा लगेर होइन आफ्नो रुची,क्षमता र आर्थिक अवस्था अनुसारको बिषय छनोट गरि सकेसम्म घर पायक पर्ने गरि अध्ययन कार्यलाई अघि बढाए उत्पादित जनशक्ति विश्वबजारमा सजिलै बिक्ने तथा निजको भविष्य उज्ज्वल हुने कुरामा दुई मत छैन।

                                                                                                                      लेखक:भुवन कार्की                                                                                                                                                          बेलबारी -४ मोरंग                                                                                                                                     (हाल :श्री धनपाल मा .बि .बेलबारी -५)  

                                                                                                                                               

                                                               

                            

Facebook Comments
Show More

Related Articles