समाचार

कर्णालीका मुख्यमन्त्रीलार्इ हटलाइनमा प्रश्नः आमाको हत्यारालाई कारबाही कहिले हुन्छ ?

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

२४ जेठ, काठमाडौं । २४ जेठ, काठमाडौं । कर्णाली प्रदेश सरकारले बिहीबारबाट हेलो मुख्यमन्त्री हटलाइन सेवा र सरकारको आधिकारिक वेवसाइट सुरु गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जनतासँग मुख्यमन्त्री कार्यक्रम अन्तरगत यो सेवा सुरू गरिएको हो ।

हेलो मुख्यमन्त्री हटलाइन सेवा सुरु भएसँगै कालीकोट नरहरीनाथ गाउँपालिकाका प्रेम सार्कीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग टेलीफोनमा कुरा गर्दै आमाका हत्यारालाई कारबाहीको माग गरेका छन् ।

यस्तै रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका दीपक बाँठामगरले त्रिभुवन जनता माविको भवन निर्माण र खानेपानी आयोजना निर्माणमा ढिलो भएको भन्दै गुनासो गरेका छन् ।

मुख्यमन्त्री शाहीले उनीहरुले उठाएका समस्या बारे सम्बन्धित निकायलाई समाधानका लागि निर्देशन दिएका छन् ।हेलो मुख्यमन्त्री हटलाइन सेवाका लागि १०९६ नम्बरमा कल गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको छ मुख्यमन्त्रीका प्रेस सल्लाहाकार ध्रुबबिक्रम बुढाथोकीले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले  कर्णालीको समृद्धिका लागि सूचना प्रविधिको उचित प्रयोगमा जोड दिइने बताए । मुख्यमन्त्री शाहीले सूचना प्रविधिको प्रयोगमार्फत प्रदेश समृद्धिको लागि सरकार र जनताबीच हातेमालो गर्ने बताए ।

उनले हटलाइन सेवाले कर्णाली प्रदेशको विकास, समृद्धि र समृद्धिका लागि नागरिकको सहयोग र सहभागितालाई सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।हरेक नागरिकलाई सरकार आफ्नै घरआागनमा रहेको प्रत्याभूति दिलाउन र सरकारको सेवा प्रवाह तथा विकास निर्माणमा उनीहरुको सल्लाह, सुझाव र गुनासोको सम्वोधन गर्न यो सेवा सुरु गरिएको मुख्यमन्त्री शाहीको भनाइ छ ।  

Facebook Comments
Show More

Related Articles