समाचार

सिसीटिभी फुटेजबाट भेटियो ट्याक्सीमा छोडिएको पाँच लाख

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

काठमाडौँ: महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्याक्सीमा हराएको रु पाँच लाख फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

महाशाखाको टोलीले आज बिहान ७ बजे सोलुखुम्बु घर भई काठमाडौँ कपन बस्ने ५० वर्षीय वीर्घधन राईले बागबजार आउने क्रममा हराएको रु पाँच लाख फेला पारेर सम्बन्धित धनीलाई बुझाएको हो ।

राईले ट्याक्सीमा पैसा छुट्ने बित्तिकै महाशाखामा खबर गरेपछि महाशाखाको टोलीले सिसिटिभी फुटेज चेकजाँच गर्दा बा १ ज १२७५ नम्बरको ट्याक्सीबाट उक्त रकम फेला पारेर हो । 

सिसी क्यामराको फुटेजबाट ट्याक्सी चालक ओमप्रसाद डोटेललाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि उक्त रकम फेला परेको महाशाखाले जनाएको छ । फेला परेको रकम महाशाखाका प्रहरी नायब उपरीक्षक विश्वराज पोखरेलले राईलाई हस्तान्तरण गरे। रकम हस्तान्तरण गर्दै प्रनाउ पोखरेलले काठमाडौँमा विभिन्न समयमा सवारी साधनमा सामान हराउने गुनासो महाशाखामा आएपछि सार्वजनिक सवारी साधनको भित्री भागमा नम्बर राख्ने व्यवस्था गरिएको बताए। अन्नपूर्णपोस्ट बाट 

Facebook Comments
Show More

Related Articles