अन्तरर्वातासमाचार

गृहमन्त्रीले चिनियाँ राजदुतसँग भने– सुन तस्करी र डलरको अवैध कारोबार नियन्त्रण गर्न सहयोग गर्नुस्

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  
२२ जेठ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले चीनको नाकाबाट सुन तस्करी र डलरको अवैध कारोबार हुने गरेको बताएका छन् ।
मंगलबार नेपालका लागि चिनका राजदुत यु होङसँग भेटवार्ता गर्दै गृहमन्त्री थापाले सुन तस्करी र डलरको अवैध कारोबार हुने गरेको बताउँदै त्यसको नियन्त्रणका लागि चिनियाँ पक्षको सहयोग आवश्यक रहेको बताएका हुन् ।

जवाफमा राजदुत होङले त्यस विषयमा आफ्नो देशको सम्बन्धित निकायमा जानकारी गराउने जवाफ दिएकी छन् ।

थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चिनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरतका लागि उनीसँग आग्रह गरेका थिए ।

उनले नेपाल एक चिन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिवद्धता व्यक्त गरेका थिए ।

भेटमा राजदुत होङले गृहमन्त्रीको रुपमा कार्यभार सम्हालेकोमा चीनका सामाजिक सुरक्षा मन्त्रीले पठाएको बधाई तथा सफल कार्यकालको लिखित शुभकामना सन्देश गृहमन्त्री थापालाई हस्तान्तरण गरेकी थिइन् ।

होङले नेपाली सुरक्षा निकायलाई चिन सरकारबाट प्रदान गरिने सहयोग, तालिम र उपकरण आगमी दिनमा पनि निरन्तर रहने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

 

 

Facebook Comments
Show More

Related Articles