अन्तराष्ट्रीय

चीनको शरणमा पाकिस्तान : भारतका लागि कति खतरा ?

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बदलिरहेदो समयको स्पन्धन पहिल्यै छाम्ने चीन

तीन वर्षअघि सी जिनपिङ्ग पाकिस्तान भ्रमणमा आएका थिए ।

भ्रमणको क्रममा पाकिस्तानको संसदमा बोल्दै सीले आवश्यक अवस्थामा पाकिस्तानलाई पूरा सहयोग गर्ने भरोसा दिए । पाकिस्तानलाई यस्तो भरोसाको वर्षौँदेखि पर्खाइमा थियो ।

उनले द्विपक्षीय आर्थिक साझेदारी र साझा विकासको लागि चीनको तर्फबाट सुरक्षा ग्यारेन्टी दिए ।

त्यो बेला कमै मानिसहरुले भावी दिनमा चीन पाकिस्तानी अर्थव्यवस्थाको बैसाखी बन्छ भन्ने सोचेका थिए ।

पाकिस्तान त्यो समयमा पनि लागनीको हिसाबबाट उपयुक्त थिएन । तर, त्यो समय अमेरिकादेखि लिएर यूरोपसम्मका थुप्रै सहयोगी उसका साथमा थिए ।

तर चीनले सायद बदलिरहेको समयको स्पन्दन निक्कै पहिलेबाट छामिसकेको थियो ।

अमेरिकाद्वारा पाकिस्तानलाई दिइरहेको आर्थिक अनुदान रोक्का

जनवरी २०१८ मा संयुक्त राष्ट्रका लागि अमेरिकी राजदुत निकी हेलीले पाकिस्तानमाथि ‘दोहोरो खेल’ खेलेको आरोप लगाइन् । यही कारण अमेरिकाले पाकिस्तानलाई दिइरहेको २५ करोड ५० लाख अमेरिकी डलरका सहयोग रोक्ने उनले घोषणा गरिन् ।

कच्चा तेलको बढिरहेको मूल्य र आयातमा बढिरहेको खर्चबीच त्यो घटनाको पाँच महिनाभित्रै पाकिस्तानको समस्या सतहमा देखियो ।

२०१८ मेमा पाकिस्तानी मिडियामा पाकिस्तानको विदेशी मुद्रा भण्डार लगातार कम हुँदै खबरहरु आउन थाल्यो ।

पाकिस्तानको सबैभन्दा लोकप्रिय पत्रिका डनका वरिष्ठ पत्रकार खुर्रम हुसैनले आफ्नो देशको अर्थव्यवस्थाको स्थितिको तस्वीर यसरी व्यक्त गरेका थिए :

“वर्तमान अवस्थामा पाकिस्तानसँग करीब अढाई महिनाको आयात खर्च तिर्न सक्ने सामथ्र्यमात्र रहेको छ । यदी विदेशी मुद्रामा हालको गिरावट जारी रह्यो र दुई महिनाको भुक्तानी गर्ने हैसियतभन्दा अवस्था तल झ¥यो भने गम्भीर हुनेछ । यदी भण्डारण एक महिना तिर्नलाई मात्र रह्यो भने संकटको स्थिति हुनेछ । कयैन विशेषज्ञ मान्छन् कि यदी तीब्र गतिमा कुनै उपाय निकालिएन भने तीनदेखि छ महिनामा यो स्थिति आउन सक्छ ।”

चीनको शरणमा पाकिस्तान

सन् २०१३ मा अन्तर्राष्ट्रिय मुद्रा कोषले पाकिस्तानलाई ‘बेल आउट’ प्याकेज दिएर आर्थिक संकटबाट बाहिर निकालेको थियो । तर त्यो समय पाकिस्तान र अमेरिकाको सम्बन्ध गहिरो थियो ।

संकटको हालको अवस्थामा पाकिस्तानको सहयोगको लागि एक देश मात्र देखिएको छ, त्यो हो चीन ।

तीन वर्ष पहिले ‘चीन पाकिस्तान आर्थिक कोरिडोर’ अर्थात सिपेकको लागि ४६ अर्ब अमेरिकी डलर लगानी गर्न अगाडी सरेको दिने देश चीनले यो आर्थिक वर्षमा अर्थव्यवस्था सम्हाल्नको लागि पाकिस्तानलाई पाँच अर्ब अमेरिकी डलरको ऋण दिएको छ ।

तर किन ? यो प्रश्नबारे चीनको राजधानी बेइजिङ्गमा रहेका वरिष्ठ भारतीय पत्रकार एसडी गुप्ता भन्छन्, “पाकिस्तानको संकटलाई चीनले अवसरको रुपमा हेरिरहेको छ ।”

उनी अगाडी भन्छन् “चीन पाकिस्तानलाई आर्थिक उपनिवेश बनाउन चाहन्छ भन्नेमा दुई मत छैन । पाकिस्तानबाट भारतमाथि दबाब राख्न सकिन्छ । सीपेकको रुट समुन्द्रसम्म जान्छ, चीनलाई हिन्द महासागरमा सम्पर्क चाहिएको छ ।”

हालको आर्थिक संकटको कारण चीन पनि
बाहिर चीन सहयोगीको रुपमा देखिन्छ, तर कयैन विशेषज्ञहरुले पाकिस्तानको हालको संकट बढाउनको लागि चीनको महत्वपूर्ण भूमिका रहेको विश्वास गर्छन् ।

विदेसी मुद्रा भण्डार कम हुने कारणहरुको सूचि उल्लेख गर्दै डनका पत्रकार खुर्रम हुसैन भन्छन्, “पाकिस्तानको आयात तीब्र गतिमा बढीरहेको छ । त्यसमा सीपेकको लागि आवश्यक मेसिनको आयातको पनि ठूलो भूमिका छ । तेलको मूल्य र मोबाइल सामाग्रीको आयातको भूमिका छ ।”

विदेशमा काम गरिरहेका पाकिस्तानी नागरिकहरुले घर पठाउने रकमको पनि पाकिस्तानको विदेशी मुद्रा भण्डारमा ठूलो हिस्सा रहन्छ । खुर्रमका अनुसार त्यो रकम पनि बढीरहेको छैन ।

पाकिस्तानको अर्थव्यवस्थाका कयैन जानकारहरुलाई आफ्नो देश चीनको नियन्त्रणमा फस्दै गएको लाग्छ ।

पाकिस्तानी अर्थशास्त्री डा.कैसर बंगालीको विचार छ कि चीनसँग भएको सम्झौतामा पाकिस्तानको हितलाई नजरअन्दाज गरिएको छ ।

“आजको दिनमा चीनको प्रभाव यस्तो छ कि पाकिस्तान चीनबीच भएको फ्री व्यापार सम्झौतापछि पाकिस्तानमा चीनबाट हुने आयात बढेको छ तर निर्यात बढेको छैन । हामीले यो सम्झौता हाम्रो हितमा हुने गरि गर्न नसक्नु हाम्रो गल्ती हो । यो एकतर्फी सम्झौता थियो ।”

चीनको ऋणको मूल्य 

चीनले पाकिस्तानको चारैतर्फ ऋणको चक्रव्यूह तैयार गरिरहे जस्तो देखिन्छ । चीनको आर्थिक सहयोगले पाकिस्तानको अर्थव्यवस्थामा बोझ बढाउनेछ ।

डन पत्रिकालाई हवाला दिँदै एसडी गुप्ता पाकिस्तानलाई दिइएको चिनियाँ ऋण १८ प्रतिशत को दरले दिइएको बताउँछन् । यो ब्याज दर वर्ल्ड बैंक र एशियाली विकास बैंकबाट पाइने ऋणको दरभन्दा निक्कै धेरै हो ।

तर, पाकिस्तानको बाध्यता थियो यो । किनभने चीन बाहेक अरु लगानीको लागि तयार नै थिएनन् ।

एसडी गुप्ता भन्छन् “चीनलाई दान–दक्षिणामा विश्वास छैन । उसलाई प्रतिफल चाहिन्छ । व्यापारिक हिसाब फाइदा छैन भने उ सामरिक फाइदा चाहन्छ । चीनको आजको नजर अरब सागरमा पहुँच रहेको छ ।”
उनी भन्छन् “अरब सागरसम्म चीनको पहुँच भयो भने मुम्बई, ओमन र साउदी अरब उसको लागि धेरै टाढा हुदैन । यस अर्थमा पाकिस्तान उनीहरुको लागि निक्कै महत्व राख्दछ । यसको लागि चीन नोक्सानी सहन पनि तयार हुन्छ । ५० अर्ब अमेरिकी डलर पूरै डूबे पनि चीनका लागि त्यो ठूलो नोक्सानी होइन ।”

पाकिस्तानको रिमोट कन्ट्रोल लिनेछ चीन ?

त्यसो भए पाकिस्तानमाथि दाउ खेलेर चीन के हासिल गर्न चाहन्छ ? के उ पाकिस्तानमा नीति निर्धारण गर्ने हैसियत चाहन्छ ?

वरिष्ठ पत्रकार खुर्रम हुसैनका अनुसार पाकिस्तानमा कयैन विशेषज्ञ यस्तो आशंका व्यक्त गर्छन् ।

यसबारेमा अर्थशास्त्री डा. कैसर भन्छन्, “चाहे स्वतन्त्र अर्थशास्त्री होस् या पत्रिकाका सम्पादक वा स्तम्भकार हुन् सबै पाकिस्तानको अर्थव्यवस्था जुन दिशामा गइरहेको छ त्यो ठिक नरहेको बताउँछन् ।”

भारतको डर : ‘पाकिस्तान चीनमा निर्भर रहनु इस्लामाबादमा चीन बसे बराबर हो’

एसडी गुप्ता भन्छन्, “पाकिस्तानमा खराब दिन आउँदा भारत खुसी हुनु पर्ने अवस्था छैन । यसबाट भारतमा पनि दबाब आउँछ । यदी पाकिस्तान चीनमा निर्भर हुन्छ र चीनले नै पाकिस्तानको नीति तय गर्न थाल्यो भने इस्लामाबादमा चीन बसेको ठाने हुन्छ । यो भारतको लागि खतरनाक हुन्छ । भारत पाकिस्तानसँग सजिलैसँग सम्बन्ध अगाडी बढाउन सक्छ, तर चीनसँग सक्दैन । यदी त्यस्तो समय आयो भने भारतले पाकिस्तानसँगको सम्बन्धलाई पुनरावलोकन गर्नुपर्ने हुन्छ ।”

तथापि सम्बन्धमा हाल चीनको पल्ला भारी देखिए पनि खेलको सबै नियन्त्रण उसको हातमा गइसकेको छैन । अमेरिकाको शब्दमा ‘दोहोरो खेल’मा महारथ पाकिस्तान पनि खेल पल्टाउने सामर्थ राख्छ ।

एसडी गुप्ताको विचार छ, “आज चीन पनि पाकिस्तानमा निर्भर छ । पुरै संसारमा बेल्ट एण्ड रोड इनिसियटिभको सफलता पाकिस्तानमा निर्भर छ । चीनको लागि पाकिस्तान शो–केस हो ।”

अर्को तर्फ तत्काल चीन ऋण दिएर कुनै देशको सम्प्रभुतामाथि नियन्त्रण कायम राख्न चाहेको देखाउन चाहँदैन । यसले गर्दा नेपाल, श्रीलङ्कादेखि म्यानमारसम्म उसको हित प्रभावित हुन सक्छ ।

विकल्प के त ?
तर, फेरी पनि पाकिस्तानका अर्थशास्त्री र राजनीतिका जानकार चीनसँग आर्थिक सम्बन्ध बढाउने विषयमा होशियार रहनु नै फाइदा हुने बताउँछन् ।

तथापी धरातीय यथार्थ भने यो छ कि चुनावी वर्षमा पनि पाकिस्तानी प्रमुख राजनीतिक दलहरुको बीचमा अर्थव्यवस्थाको अवस्था ठूलो मुद्दा रहेको छैन ।

अर्थशास्त्री डा. कैसर बन्छन्, “पाकिस्तानको अवस्था यस्तो रह्यो कि विगतमा पटक पटक हामी संकटको मुखमा पुगेर पुन फर्केका छौँ । यदी इतिहासको उही ट्रेण्ड कायम रह्यो भने पुनः संकटको किनार फर्कन सक्छौँ ।”

तर एसडी गुप्ता भने यो अवस्था नभएमा चीनको ऋणको ठूलो मूल्य पाकिस्तानले मात्रै होइन भारत जस्तो छिमेकी राष्ट्रमा पनि असर देखिनेछ सर्तक गराउछन् ।रातोपटी बाट

Facebook Comments
Show More

Related Articles