अर्थकृषिबिबिधसमाचार

बिदेशबाट फर्केर गाईपालन,मासिक ८० हजार आम्दानी

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

हरि कोइराला
पथरीशनिश्चरे २० जेठ ।स्वदेश मै लगनशील भएर ब्यावसाय गर्ने हो भने पैसा कमाउन विदेश जानु पर्दैन भन्ने उदाहरण बन्नु भएको छ – मोरङको पथरीशनिश्चरे ६ केचनाका ४३ वर्षीय दीलबहादुर खड्का ।उहाँ अढाई वर्ष विदेश बसेर नेपाल फर्किएपछि ब्यावसायिक गाईपालनमा लाग्नु भएको हो ।

२०७० मा २ माउ गाईबाट ब्यावसाय थाल्नु भएका खड्काको गोठ अहिले मोरङ कै उत्कृष्ठ गोठ भित्रपर्छ ।विदेशबाट कमाएर ल्याएको पैसामा केही ऋण थपेर ५ लाख रुपियाँबाट उहाँले ब्यावसाय सुरु गर्नु भएको हो । हाल उहाँको कमला कृषि फर्ममा ३२ वटा गाई,बाछा,बाछी र तीन माउ भैंसी रहेका छन् । जसमध्ये १३ वटा लैना छन् । दीलबहादुर खड्काले भन्नुभयो – दैनिक १३० लिटर दुध बेचिरहेको छु ।उहाँको गोठमा हाल १०देखि १६ लिटर सम्म दुध दिने उन्नत जात गाई रहेकाछन् ।
एक जना काम गर्ने सहयोगी सँगै उहाँ र श्रीमती कमला दैनिक गाईकोपालन पोषणमा खट्नु हुन्छ । उहाँले भन्नुभयो–दैनिक चोकर, दाना,औषधि र कामदारलाई दिने पारिश्रमिक गरी ४ हजार ७ सय रुपियाँ खर्च हुन्छ । दूध बिक्रीबाट ७ हजार ३५० रुपियाँ आम्दानी हुन्छ । सरदर मासिक ८० हजार रुपियाँ नघटी बचत हुने गरेको खड्काले सुनाउनु भयो ।
गाई भैंसीको बीमा गरेकोले ब्यावसायमा उस्तो जोखिम छैन् ।घाँसका लागि आफ्नै ३ विगाहा जमीन छ । जसमध्ये १ विगाहामा घाँसमात्र लगाउनु भएको छ । तर, स्थानीय, प्रदेश र संघीय सरकारले वास्तविक किसानलाई प्रोत्साहन नगरेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो –कृषि विकास बैंकबाट कर्जा लिएर ब्यावसाय बिस्तार गर्ने योजना थियो । सुरुमा कृषि बैंकले नै कर्जा दिएको थियो ।बैंकको असल ऋणी भएकै कारण उहाँले ग्रीनकार्ड समेत पाउनु भएको थियो ।तर कृषि बैंकले ब्यावसाय बिस्तार गर्न कर्जा नदिएपछि ग्रीन कार्ड त्यागेर तत्कालीन विराट लक्ष्मी विकास बैंक (मर्ज पछि हाल प्राइम बैंक) बाट कर्जा लिएर ब्यावसाय बिस्तार गरेको उहाँको भनाई छ ।खड्काको फार्ममा अहिले ३७ लाख रुपियाँ लगानी भइसकेको छ । गोठमा मात्र १० लाख रुपियाँ लगानी भएको उहाँले जानकारी दिनुभयो ।
लगानी ३७ लाख भए पनि उहाँको पशुपालनको पूँजी झण्डै ५० लाख माथि पुगेको छ । उहाँ भन्नुहुन्छ– गाईपालन गर्न सुनसरीको कामधेनु दूग्ध उत्पादक सहकारी संस्थाले ऋण दियो । ऋण लिएपछि म पनि सदस्य बने । दैनिक सर्वाधिक दूध उत्पादन गर्ने किसानको हैषियतले गत वर्ष २ लाख १४ हजार ७९६ रुपियाँ वोनस प्राप्त गरेको उहाँले बताउनु भयो ।खड्का भन्नुहुन्छ–सहकारीले प्रोत्साहन गर्छ तर राज्य निदाएको जस्तो लाग्छ ।अमूल डेरीका नाममा राजस्थानबाट सीसीमा आएको
२५० एमएल दूध हामी ५० रुपियाँमा किनेर खान्छौं । तर हामीले उत्पादन गरेको दूधले राम्रो बजार पाएको छैन । किसानलाई कुनै सहयोग छैन । उहाँले राज्यबाट सहयोग पाए धुलो दूध बनाउन पुग्ने गरी दूध उत्पादन गर्न सक्ने क्षमता नेपाली किसानमा भएको बताउनु भयो ।

Facebook Comments
Show More

Related Articles