बिबिधसमाचार

विराटनगरलाई ज्येष्ठ नागरिक मैत्री  बनाइने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

विराटनगर १७ जेठ । विराटनगर महानगरका प्रमुख भीम पराजुलीले विराटनगरलाई ज्येष्ठ नागरिक मैत्री बनाउने बताउनु भएको छ । विराटनगर महानगर ३ स्थित परोपकार ज्येष्ठ नागरिक दिवासेवा केन्द्र गोधूलीमार्गमा विहीवार आयोजित कार्यक्रममा बोल्दै पराजुलीले यस्तो बताउनु भएको हो ।
केन्द्रले विराटनगर महानगरपालिकाको सहयोगमा ज्येष्ठ नागरिकका लागि चाहिने धार्मिक पुस्तक,खेल तथा भजन किर्तनका सामाग्रीका साथै स्तरिय वस्ने स्थान समेत बनाएको छ ।

केन्द्रले दर्जनौ ज्येष्ठ नागरिकहरुलाई दिउँसोको खाजा र समय समयमा तिर्थाटन समेत गराउँदै आएको छ । उदाहरणीय बन्दै गएको ज्येष्ठ नागरिक दिवासेवा केन्द्र जस्तै अन्य सामाजिक संघ ,संस्थाहरु आएमा महानगरका सवै स्थानमा सहयोग गरिने पराजुलीले घोषणा गर्नु भयो । उहाँले सवैले चाहेको खण्डमा विराटनगर महानगर ज्येष्ठ नागरिक मैत्री बन्न कुनै समयनै नलाग्ने भन्दै आफुलाई सामाजिक रुपमा सहयोगका लागि अपिल समेत गर्नु भयो ।

ब्यस्त समय र जीवनर्शैलीका कारण पछिल्लो समय समस्यामा गुज्रिरहेका जेष्ठ वुवा आमाहरुलाई केन्द्रले गरेको काम यतिवेला समयसापेक्ष बन्न पुगेको छ ।

Facebook Comments
Show More

Related Articles