खेलकुदसमाचार

बेलबारीमा अन्तराष्ट्रिय स्तरको कराँते प्रतियोगिता हुने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

निरन्तर खबर डेस्क, बेलबारी / स्वास्थ्यको लागी खेलकुद, रास्ट्रको लागी खेलकुद भन्ने मूल नाराका साथ बेलबारी सितेरियो करांते संघ बेलबारी डोजोको आयोजनामा यहि जेठ ५ गते देखि १ दिने प्रथम बेलबारी खुल्ला करांते प्रतियोगिता हुने भएको छ । देश तथा विदेश बाट विभिन्न तौल अन्तर्गतका ४०० भन्दा बढी खेलाडीहरुले प्रतियोगिताहरुमा भाग लिने आज बेलबारी नपा ३ मा रहेको जक्सन होटलमा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

मोरङ सुनसरी झापा इलाम सिराहा उदयपुर भुटान र छिमेकी रास्ट्र भारतको सिक्किम दार्जिलिंग बाट खेलाडीहरु आउने बेलबारी सितेरियो करांते संघका अध्यक्ष संजय सुबेदीले जानकारी दिए । कराते खेल्न पुरुष अन्तर्गत २० केजी, २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी, ६७ केजी र ७५ केजी का समूह रहेका छन् भने महिला तर्फ २० किजी, २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी र ६८ केजी समुह अन्तर्गतले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा २५ जनाले गोल्ड मेडल, २५ जनाले सिल्भर मेडल र ५० जनाले ब्रोन्ज मेडल खेलाडीहरुले हात पार्ने छन् । तमु बुद्दिस्ट गुम्बा बेलबारीमा हुने उक्त प्रतियोगितामा ४ लाख ७७ हजार अनुमानित खर्च हुने भएको छ । १ लाख रुपैयाँ बेलबारी नगरपालिकाले सहयोग गर्ने भएको छ भने अन्य आर्थिक स्रोत भने विभिन्न संघ संस्था र व्यक्तिहरुबाट उठाइने बेलबारी सितेरियो संघका प्रशिक्षक कुन्ती गुरुङले बताइन । सितेरियो करांतेको उदघाटन समारोहको प्रमुख अतिथि बेलबारीका नगरपालिकाका मेयर ज्ञानेन्द्र सुबेदीले गर्ने भएका छन् । शनिबार तमु बुद्दिस्ट गुम्बामा बिहान ८ बजेदेखी ६ बजे सम्म प्रतियोगिता हुने र उक्त प्रतियोगितामा सम्पूर्ण बेलबारी छिमेकि नगर आसपासका छेत्रहरुबाट प्रतियोगिता हेर्न उपस्थित भइदिन कार्यक्रमका सल्लाहकार हेमन्त सुबेदीले अनुरोध गरेका छन् ।

Facebook Comments
Show More

Related Articles