समाचार

बेलबारीमा रहेको दिपक इलेक्ट्रिकलमा चोरी गर्ने नाइके सहित ६ जना धरौटीमा रिहा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

निरन्तर खबर बेलबारी,  बेलबारी १ मा रहेको दिपक इलेक्ट्रिकल पसलमा चोरीको आरोपमा पक्राउ परेका तिर्थ तामाङ र इन्द्र सुबेदी सहित ४ जनालाइ आज जिल्ला अदालत मोरङबाट रिहा भएका छन् । आइतबार जिल्ला अदालत मोरङका २ नम्बर बेन्चका माननीय न्यायधिस कमल प्रसाद पोख्रेलको एकल इजालसले धरौटीमा रिहा गरेको इलाका प्रहरी कार्यालय बेलबारीका सई भीम बहादुर खत्रीले निरन्तर खबरलाई जानकारी दिएका छन् ।

रिहा हुनेहरुमा मुख्य चोरीका नाइके तिर्थ तामाङ ९० हजार र इन्द्र सुबेदीलाइ ९० हजार धरौटीमा रिहा भएका छन् । अन्य रिहा हुनेमा मेघनाथ कोइराला, नबराज सुबेदी, दिल बहादुर मगर र सुशिला थापालाई जनही १० हजार रुपियाँ धरौटीमा रिहा भएका छन् । उनीहरुले इन्द्र र तिर्थ संग चोरीको सामान खरिद गरेको आरोपमा प्रहरीले केहि दिन अघि पक्राउ गरी मुद्दा चलाएका थिए ।  मगर (टेम्पु चालक) भने चोरीको सामान विभिन्न दोकानमा टेम्पु बाट पुराउने गरेको आरोपमा पक्राउ परेका हुन् । अन्य भने फरार रहेका छन्, फरार रहनेहरुमा बेलबारी ११ का अभिनय राई, सुन्दरहरैचा १२ का धरणी दाहाल, केराबारी ९ का छत्र दाहाल लगायत छन् । एक महिना अघी दिपक इलेक्ट्रिकल बाट तिर्थ र इन्द्रले बेलबारी, केराबारी, बिराटचोक लगायत विभिन्न पसलहरुमा चोरीको इलेक्ट्रिक सामानहरु बेच्ने गरेका पाएपछि चैत्र २९ गते बेलबारी प्रहरीले पक्राउ गरी मुद्दा चलाएका थिए ।

Facebook Comments
Show More

Related Articles