समाचार

बेलबारी नगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका संरचनाहरु हटाउन सुरु

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

अनिल बराल, बेलबारी । मोरङको बेलबारी नगरपालिकाले पुर्ब पस्चिम महेन्द्र राजमार्गको दाया बाया रहेका सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन सुरु गरेको छ । नगरपालिकाले राजमार्गको आसपास ८२.५ फुटभित्र बनेका संरचना मंगलबारबाट डोजर लगाएर हटाउन सुरु गरेको हो । यस अघि २१ दिने सुचना निकालेर नगरपालिकाले सडकको मुख्य भागबाट दाया बाया ८२. ५ मिटर रहेका संरचा हटाउन भनेको र फेरी पनि ७ दिने सुचना निकालेर स्थानीय संचारमाध्यमबाट प्रचार प्रसार गरेको र माइकिङ पनि गरेको नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले वताए । यो समयमा पनि नहटाइका संरचनाहरु हटाउन गत आइतबार पनि अन्तिम पटक सुचना निकालिएको तर पनि नहटाइएका संरचना मंगलबार बाट हटाउन सुरु गरिएको प्रवक्ता सुवेदीले वताए । सडक संरचना हटाउन मंगलबार बेलबारी नगरपालिका र सुन्दर हरैचा नगरपालिको सिमानामा पर्ने किस्ती खोलाबाट सुरु गरिएको छ ।

अतिक्रमण हटाउने क्रममा बेलबारी २ का स्थानीयले अबरोध समेत सिर्जना गरेपछि केही समय संरचना हटाउने काम स्थगित भएको थियो । स्थानीयको अबरोधका बिच पनि मंगलबार बेलबारी २ मा नगरपालिकाले डोजर चलाएको र बुधबार देखि बेलबारीका अन्य वडामा काम गरिने बेलबारी नगरपालिकाका प्रबत्ता सुबेदीले जनाएका छन । संरचना हटाउने कार्यमा कुनैपनि कुरामा सम्झौता नगर्ने प्रवक्ता सुवेदीले बताएका छन ।

Facebook Comments
Show More

Related Articles