समाचार

श्रीमान भेट्न आएकी युवती होटलमा मृत्त भेट्टिइन्

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बाजुरा / बाजुराको स्वामीकात्तिक गाँउपालिका–४ की लक्ष्मी नाथ आज विदुर नगरपालिका–२ स्थित डाइमण्ड होटलमा मृत्त अवस्थामा भेट्टिएकी छिन् ,होटलमा बस्ने क्रममा आफूसँग सामान्य विवाद भएकाले बाथरुमको धारोमा सलको पासो लगाएर आत्महत्या गरेपछि आफूले त्यहाँबाट उनको शव निकालेर कोठामा राखेको श्रीमान नविनले प्रहरीलाई बताएका छन् ।

नुवाकोट सिटी अस्पतालमा अहेब पदमा कार्यरत श्रीमान नविन नाथलाई भेट्न चार दिनअघि यहाँ आएकी २४ वर्षीया लक्ष्मी अपराह्न होटलको कोठामा मृत्त अवस्थामा भेट्टिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।

घटना शंकास्पद रहेको भन्दै प्रहरीले नविनलाई नियन्त्रणमा लिएको छ । लक्ष्मीको माइतीपक्ष डडेल्धुरबाट आउनेक्रममा रहेकाले शव घटनास्थलबाट उठाउन बाँकी छ । ब्लाष्टखबरबाट

Facebook Comments
Show More

Related Articles

Leave a Reply

Your email address will not be published.