खेलकुदबिबिधसमाचार

सनराजर्स हैदरावादले मुम्बइ इण्डियन्सलाई ३१ रनले हरायो

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

१२ वैशाख, काठमाडौं । इण्डियन पि्रमियर लिग (आईपीएल)मा सनराजर्स हैदरावादले मुम्बइ इण्डियन्सलाई ३१ रनले हराएको छ । यो जितसँगै हैदरावाद ८ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ ।

मंगलबार राति घरेलु मैदानमा १ सय १९ रनको सामान्य लक्ष्य पछ्याएको मुम्बइ १८ ओभर ५ बलमा ८७ रन बनाएर अलआउट भयो

आईपीएलमा यो मुम्बईको सबैभन्दा कम स्कोर हो । लगातार खराब प्रदर्शन गर्दै आएको मुम्बईका लागि आगामी यात्र कठिन देखिएको छ ।

मुम्बइका सुर्यकुमार यादवले ३४ र हार्दिक पाण्ड्याले २४ रन बनाए । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

मुम्बईलाई सस्तैमा समेट्न हैदरावादका सिद्धार्थ काउलले ३ विकेट लिए । उनले ४ ओभरमा केबल २३ रन दिएका थिए । रासिद खान र बसिल थम्पीले २-२ विकेट लिए ।

रासिद खान प्लेयर अफ दि म्याच भए । उनले चार ओभरमा एक मेडन राख्दै ११ रन खर्चिएर २ विकेट लिएका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले १८ ओभर ४ बलमा सबै विकेट गमाउँदै ११८ रन बनाएको थियो । उसका लागि केन विल्हृयाम्सन र युसुफ पठानले समान २९-२९ रन बनाए । मनिष पाण्डेले १६ तथा मोहम्मद नाबीले १४ रन बनाए ।

बलिङतर्फ मुम्बइका मिचेल म्याकलेनाघन, हार्दिक पाण्ड्या र मायंक मार्कण्डेले २-२ विकेट लिए ।

Facebook Comments
Show More

Related Articles

Leave a Reply

Your email address will not be published.