शिक्षा-स्वास्थ्यसमाचार

विद्यालयलाई १२ थान पङ्खा प्रदान

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी÷बेलबारी बजारका १० जना युवा ब्यावसायीहरूले बेलबारी–८ को सुकुना आधारभुत विद्यालयलाई १२ थान पङ्खा प्रदान गरेका छन् ।
२४ हजार रुपैयाँ बराबरका पङ्खा ब्यावसायीहरूले बिहीबार विद्यालय परिसरमा एक समारोहको आयोजना गरी प्रदान गरेका हुन । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामबहादुर विष्टको सभापतित्वमा भएको पङ्खा हस्तान्तरण कार्यक्रम वडा न..८ का वडाध्यक्ष धनपति गौतमको प्मुख आतिथ्यतामा भएको थियो । दुई सय विद्यार्थी रहेको विद्यालयमा गरिव तथा विपन्न परिवारका छोरा छोरीहरू अध्ययन गर्छन ।गर्मी मौसममा विद्यार्थीहरू अध्ययन गर्न आउन छोडेपछि विद्यालयमा पङ्खा वितरण गरिएको युवा ब्यावसायी बाबुराम श्रेष्ठले बताउनु भयो । पङ्खा सहयोग गर्ने ब्यावसायीमा अशोक श्रेष्ठ,राजु श्रेष्ठ,ज्ञानु श्रेष्ठ,रुपेश श्रेष्ठ,सुरेन्द्रसिंह बस्नेत,नारायण भण्डारी,सीताराम राई सविर गुरुङ सन्तोष पोख्रेल रहेका छन् ।

Facebook Comments
Show More

Related Articles

Leave a Reply

Your email address will not be published.