खेलकुदसमाचार

एपीएफका अघि इटहरी निरीह

४–० को नतिजा निकाल्दै एपीएफ सेमीमा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

कानेपोखरी÷मोरङको कानेपोखरी–७ मा जारी युवा कन्चन सायुज्य गोल्ड कप फुटबल प्रतियोगिता अन्तरगत मंगलबार भएको खेलमा इटहरी ११ विरुद्ध ४–० को जीत निकाल्दै शसस्त्र प्रहरी बलको पूर्वाञ्चल एपी एफ क्लव सेमी फाइनलमा प्रवेश गरेको छ ।
युवा कन्चन सायुज्य क्लवको आयोजनामा भइरहेको खेलमा सुरुवात देखिनै एपीएफले इटहरीलाई दवावमा राखेको थियो ।खेलको १८ औं मिनेटमा एपीएफका धनबहादुर श्रेष्ठले इटहरी विरुद्ध पहिलो गोल ठोके ।१गोल खाएपछि दवावमा परेको इटहरीले पूर्वाद्र्धको अन्त्य तिर आत्माघाती गोल गर्न पुग्यो र खेल २–०को अवस्था पुग्यो ।
उत्तराद्र्धको १७ औं मिनेटमा एपीएफका यज्ञविक्रम मल्लले अर्को १ गोल थपे । खेलमा निरिह बनेको इटहरीको रक्षा पंक्तिको फाइदा उठाउँदै एपीएफका धनबहादुर श्रेष्ठले खेलको ३६ औं मिनेटमा १ गोल गरे । एपीएफको जीतका लागि ब्यक्तिगत २ गोल गरेका धनबहादुर श्रेष्ठ मंगलबारको खेलको म्यान अफ द म्याच घोषित भए ।
कानेपोखरी–७ को चालिस विघे खेल मैदानमा भइरहेको प्रतियोगिताको बुधबार अन्तिम क्वाटर फाइनल खेल शान्तिनगर फुटबल क्लव र आर के फुटबल क्लव सैनिक झापा बीच हुनेछ ।
आठ टिम सहभागि भएको प्रतियोगिताका विजयीलाई ५१ हजार नगद सहित गोल्ड कप र प्रमाणपत्र प्रदान गरिने छ भने उप विजेतालाई ३१ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिने आयोजक समिति सदस्य नवीन उप्रेतीले बताए ।

Facebook Comments
Show More

Related Articles

Leave a Reply

Your email address will not be published.