समाचारसाहित्य

बेलबारीका जेबि थुलुङ प्रदेश साहित्य कला सम्मान २०७६ बाट सम्मानित

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

२९ असार । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले प्रदान गरेको प्रदेश साहित्य कला सम्मान २०७६ बाट मोरङ बेलबारी २ का साहित्यकार तथा संगितकार जेबि थुलुङ सम्मानित भएका छन ।
सामाजिक बिकास मन्त्रालयले भाषा–साहित्य र कला क्षेत्रमा विशेष योगदान पुयाउने स्रष्टाहरुलाई सम्मान गरेको कार्यक्रममा थुलुङ सम्मानित भएका हुन । बेलबारीमा रहेर थुलुङ साहित्य,कला,संगित र शिक्षा क्षेत्रमा काम गरिरहेका छन ।
प्रदेश नम्बर १ सरकारले पहिलोपटक भाषा–साहित्य र कला क्षेत्रमा योगदान पु¥याउने एक दर्जन स्रष्टाहरुलाई नगदसहित सम्मान गरेको हो ।
‘बालकृष्ण पोखरेल भाषा–साहित्य–कला सम्मान’ यस वर्ष भाषाशास्त्री साहित्यकार प्रा.डा. टंकप्रसाद न्यौपानेलाई प्रदान गरिएको थियो । न्यौपानेलाई सामाजिक विकासमन्त्री जीवन घिमिरेले दोसल्ला ओढाएर नगद १ लाख रुपैयाँसहित सम्मानपत्र समर्पण गर्नुभयो ।

Facebook Comments
Show More

Related Articles