खेलकुदसमाचार

मलेसियालाई पराजित गर्दै नेपालले रच्यो नयाँ इतिहास

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

नेपालले पहिलो पटक टी–२० अन्तर्रा्ष्ट्रिय सिरीज क्लिन स्विप गरेको छ । मलेसियामा आज भएको दोस्रो खेलमा घरेलु टोली मलेसियालाई ६ रनले पराजित गर्दै नेपालले सिरिज क्लिन स्वीप गरेको हो ।

आईसीसी टी–२० विश्वकप एसियाली छनोट प्रतियोगिताको लागि अभ्यास भ्रमणमा मलेसिया पुगेको नेपालले त्यहाँ दुई खेलको टी–२० सिरिज खेलेको थियो । पहिलो खेलमा नेपालले मलेसियालाई सात विकेटले हराएको थियो ।
१ सय ७४ रनको लक्ष्य पछ्याएको मलेसियाले ७ विकेट गुमाएर १ सय ६७ रन मात्र बनाउन सक्यो । मलेसियाका लागि शैयद अजीजले सर्वा्धिक ५० रन बनाए । अमिनुद्वीन रामलीले २४ रन बनाउँदा भिरनदीप सिंह २३ रनमा आउट भए ।
नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान दुईरदुई विकेट लिए । करण केसी, पारस खड्का र अबिनाश बोहराले समान एक–एक विकेट लिए ।

टस जितेर व्याटिङ थालेको नेपालले विनोद भण्डारीको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । ओपनरद्वय पारस खड्का र पवन सर्राफले ३४ रनको साझेदारी गरे । पवन मात्र १० रनमा आउट भए । त्यसपछि नेपालले ज्ञानेन्द्र मल्ल र पारसको विकेट गुमायो । मल्ल ७ र खड्का २३ रनमा आउट भए ।
रोहितकुमार पौडेल र शरद भेषावकरले चौथो विकेटका लागि ४६ रनको साझेदारी गरे । रोहित १९ र शरद ४० रनमा आउट भए ।
छैटौं नम्बरमा आएका विनोद भण्डारीले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाए । उनले २५ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा ५१ रन बनाए । करण केसीले १६ रन जोडे ।

Facebook Comments
Show More

Related Articles