खेलकुदसमाचार

ज्योति टोल सेमिफाइनलमा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

२८ असार । मोरङको बेलबारी २ मा जारी अन्तर टोल बिकास संस्थास्तरीय फुटबल प्रतियोगितामा ज्योति टोल सेमिफाइन प्रवेश गरेको छ । शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा लक्ष्मी टोल बिकास संस्थालाई सडनडेथमा ८– ७ ले पराजित गर्दै ज्योति टोल बिकास संस्थाले सेमिफाइनलमा स्थान बनाएको हो ।
सिंहदेबि हाइटको मैदानमा सन्चालन भएको खेलको निर्धारित समयमा दुवै तर्फबाट १÷१ गोलको बराबरी भएपछि सडनडेथबाट निर्णय लिइएको थियो ।
खेलको म्यान अफ द म्याच लक्ष्मी टोल विकास संस्थाका जर्सी नं ४ का खेलाडी मनिस बस्नेत घोषित भए ।
कबिर निरन्तर बिकास समितिले आयोजना गरेको प्रतियोगितामा वडा भित्रका १४ वटा टोल बिकास संस्थाले भाग लिएका छन । प्रतियोगिताको बिजेताले नगद रुपैयाँ २१ हजार, मेडल र प्रमाण पत्र र उपबिजेताले नगद १६ हजार रुपैयाँ प्राप्त गर्ने कबिर निरन्तर बिकास संस्थाका अध्यक्ष डिबी मादेम्वाले जानकारी दिए ।
आइतबार ज्योति शान्ति टोल बिकास संस्था र गौतम टोल बिकास संस्थाबिच दोश्रो क्वाटरफाइनल खेल हुने आयोजकले जनाएको छ । उक्त प्रतियोगिताको फाइनल खेल साउन ४ गते शनिबार हुनेछ ।

Facebook Comments
Show More

Related Articles