खेलकुदसमाचार

कबिर टोल बिजयी

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

२७ असार । मोरङको बेलबारी २ मा जारी अन्तर टोल बिकास संस्थास्तरीय फुटबल प्रतियोगिताको शुक्रबारको खेलमा कबिर टोल बिकास संस्था बिजयी भएको छ । खेलमा कबिर टोल बिकास संस्थाले सिंहदेवी टोल बिकास संस्थालाई १ का बिरुद्ध ३ गोलले पराजित गरेको हो ।
सिंहदेबि हाइटको मैदानमा सन्चालन भएको खेलको म्यान अफ द म्याच कबिर टोल बिकास संस्थाका अरुण कार्की घोषित भए ।
कबिर निरन्तर बिकास समितिले आयोजना गरेको प्रतियोगितामा वडा भित्रका १४ वटा टोल बिकास संस्थाले भाग लिएका छन । प्रतियोगिताको बिजेताले नगद रुपैयाँ २१ हजार, मेडल र प्रमाण पत्र र उपबिजेताले नगद १६ हजार रुपैयाँ प्राप्त गर्ने कबिर निरन्तर बिकास संस्थाका अध्यक्ष डिबी मादेम्वाले जानकारी दिए ।

शनिबार ज्योति टोल बिकास संस्था र लक्ष्मी टोल बिकास संस्थाबिच पहिलो क्वाटरफाइनल खेल हुने आयोजकले जनाएको छ । उक्त प्रतियोगिताको फाइनल खेल साउन ४ गते शनिबार हुनेछ ।

Facebook Comments
Show More

Related Articles