शिक्षा-स्वास्थ्य

बेलबारीमा ‘म स्वस्थ–मेरो नगर स्वस्थ’अभियान: स्वास्थ्य प्रतिवद्धता पुरा गर्न नगरवासीलाई आग्रह

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

असार २५
पछिल्लो समय सरुवा भन्दा पनि नसर्ने रोगको वृद्धि गम्भिर चिन्ताको विषय भएकाले यसबारे सबै सचेत हुनुपर्नेमा बेलबारीमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । बेलबारी नगरपालिका स्वास्थ्य शाखाले बेलबारीमा बुधबार आयोजना गरेको स्वास्थ्य चेतना सम्बन्धी नगर स्तरिय अभिमुखीकरण गोष्ठीमा स्वास्थ्यकर्मीहरुले खानपान र जिवनशैलीमा सुधार गर्नैपर्ने बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले विश्वमै नसर्ने रोगको प्रभाव बढ्दो रहेको र कम आय हुने मुलुकमा असर धेरै रहेको जानकारी दिनुभयो । अस्वस्थकर खानपान र विना कसरत समय विताउने जस्ता कारणहरुले मुटु,मृगौला,क्यान्सर जस्ता रोगहरुले सताउने गरेको भन्दै बस्नेतले नियमित कसरत वा योगा गर्ने ,स्वस्थकर मात्रै खाना खाने वानीको विकास गर्न सुझाव दिनुभएको छ ।
अब स्थानिय सरकारमै धेरै अधिकार र दायित्व रहेकाले म स्वस्थ मेरो नगर स्वस्थ भन्ने अभियान अन्तर्गतका प्रतिवद्धताहरु सबैले पुरा गर्न सुझाव दिनुभयो । बेलबारी नगरपालिकाकी उपप्रमुख ढाका पराजुलीले स्वस्थ जिवनशैली अपनाउन पुरागर्नुपर्ने प्रतिवद्धताहरु पढेर सुनाउनुभएको थियो । सहयभागी सबैले प्रतिवद्धतामा हस्ताक्षर गरेका थिए । म तनावरहित जिवन शैलिलाई आत्मसाथ गर्छु, म रक्सी चुरोट र सुर्तिजन्य पदार्थवाट टाढै हुन्छु, म नियमित ब्यायाम गर्छु लगायतका प्रतिवद्धताहरु पुरा गर्ने भनेर सहभागीले हस्ताक्षर गरेका थिए । स्वस्थ र पोसिला खाना खाने,नियमित स्वास्थ परिक्षण गर्ने , प्रदुषण नियन्त्रणमा सजग रहँदै आफना घर र समुदाय सफा राख्ने, ट्राफिक नियम पालना गर्ने प्रतिवद्धता सबैले पुरा गर्न स्थानिय सरकारले अभियान नै चलाउनुपर्ने सहभागीको भनाइ थियो ।
नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रदिप शाह,वडाध्यक्ष विश्वबन्धु बस्नेत,लक्ष्मी मावीका प्रधानाध्यापक गोविन्द भण्डारीले पनि बोल्नुभएको थियो । कार्यक्रममा बेलबारी नगरपाकिालका का विभिन्न वडाका वडाध्यक्ष,वडा सदस्य,शिक्षक सञ्चारकर्मी स्वास्थ्यकर्मी लगायत सहभागी थिए ।
मधुमेह, उच्च रक्तचाप, क्यान्सर, ह्ृदयदयघात, मस्तिस्कघात, अम्लपित्त, क्यान्सर, मिर्गाैलाको खराबी, दम, माइग्रेन, डिप्रेसन, ढाड दुख्ने जस्ता नसर्ने रोगहरु मानिसको मृत्युको प्रतिशत बढाउने कारक बनेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । रोग लाग्न दिनु भन्दा सावधानि अपनाउनु राम्रो भएकोले चेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको बेलबारी नगरपालिका स्वास्थय शाखाका प्रमुख सन्तोष बिश्वकर्माले बताउनुभयो । ।

Facebook Comments
Show More

Related Articles