खेलकुदसमाचार

शान्ती टोल बिजयी

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

२२ असार । मोरङको बेलबारी २ मा जारी अन्तर टोल बिकास संस्थास्तरीय फुटबल प्रतियोगिताको सोमबारको खेलमा शान्ती टोल बिकास संस्था बिजयी भएको छ । खेलमा शान्ति टोल बिकास संस्थाले सद्भाव टोल बिकास संस्थालाई ० का बिरुद्ध ३ गोलले पराजित गरेको हो ।

सिंहदेबि हाइटको मैदानमा सन्चालन भएको खेलको म्यान अफ द म्याच शान्ती टोल बिकास संस्थाका किशोर लिम्बु घोषित भए ।
कबिर निरन्तर बिकास समितिले आयोजना गरेको प्रतियोगितामा वडा भित्रका १४ वटा टोल बिकास संस्थाले भाग लिएका छन । प्रतियोगिताको बिजेताले नगद रुपैयाँ २१ हजार, मेडल र प्रमाण पत्र र उपबिजेताले नगद १६ हजार रुपैयाँ प्राप्त गर्ने कबिर निरन्तर बिकास संस्थाका अध्यक्ष डिबी मादेम्वाले जानकारी दिए ।

मंगलबार रमिते टोल बिकास संस्था र लक्ष्मी टोल बिकास संस्थाबिच खेल हुने आयोजकले जनाएको छ । उक्त प्रतियोगिताको फाइनल खेल साउन ४ गते शनिबार हुनेछ ।

Facebook Comments
Show More

Related Articles