खेलकुदसमाचार

बेलबारी २ मा अन्तर टोल बिकास संस्थास्तरीय फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा ज्योति टोल बिजयी

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

२२ असार । मोरङको बेलबारी २ मा अन्तर टोल बिकास संस्थास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । आइतबार भएको उद्घाटन खेलमा ज्योति टोल बिकास संस्थाले तिनघरे टोल बिकास संस्थालाई पराजित गर्दै सुखद सुरुवात गरेको छ ।
खेलमा ज्योतिले तिनघरेलाई ० का बिरुद्ध २ गोलले पराजित गरेको हो । कबिर निरन्तर बिकास समितिले आयोजना गरेको प्रतियोगितामा वडा भित्रका १४ वटा टोल बिकास संस्थाले भाग लिएका छन । प्रतियोगिताको बिजेताले नगद रुपैयाँ २१ हजार, मेडल र प्रमाण पत्र र उपबिजेताले नगद १६ हजार रुपैयाँ प्राप्त गर्ने कबिर निरन्तर बिकास संस्थाका अध्यक्ष डिबी मादेम्वाले जानकारी दिए ।
सिंहदेबि हाइटको मैदानमा सन्चालन हुने प्रतियोगिताको उद्घाटन कार्यक्रममा वडाअध्यक्ष घनश्याम गौतम प्रमुख अतिथिका रुपमा रहेका थिए भने कार्यक्रमको सभापतित्व आयोजक संस्थाका अध्यक्ष मादेम्वाले गरेका थिए ।
उक्त प्रतियोगिताको फाइनल खेल साउन ४ गते शनिबार हुनेछ ।

Facebook Comments
Show More

Related Articles