शिक्षा-स्वास्थ्यसमाचारसमाज

न्यौपाने परिवारले बनायो दुई बिद्यालयमा सरस्वतीको मन्दीर

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

२२ असार । मोरङको बेलबारी नगरपालिका वडा नं २ लालभित्ति निवासी खगेन्द्र न्यौपानेको परिवारले २ वटा बिद्यालयमा सरस्वतीको मन्दीर स्थापना गरिदिएका छन । न्यौपाने परिवारले बेलबारी २ को कबिर माद्यमिक बिद्यालय र सुन्दरहरैचा नगरपालिका ११ को महेन्द्र माद्यामिक बिद्यालय परिसर भित्र बिद्याकी देवी सरस्वतीको मुर्ती सहित मन्दीर स्थापना गरिदिएका हुन ।
स्वर्गिय पिता, ठुलिआमा, दाजुको सम्झनामा बिद्यालयमा सरस्वतिको मन्दीर स्थापना गरेको खगेन्द्र न्यौपानेले जानकारी दिए । ७ लाख ५० हजार रुपैयाँको लागतामा दुईवटा मन्दीर निर्माण सम्पन्न भएको न्यौपाने परिवारले जनाएको छ । अब आउने सरस्वती पुजाको केहि दिन अघि दुवै मन्दीरको उद्घाटन गरिने जनाइएको छ ।

Facebook Comments
Show More

Related Articles