nirantarkhabarखेलकुदसमाचार

केराबारीले जित्यो बेलबारी अन्तरपालिका स्तरिय मेयर कपको उपाधि

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

२१ असार । मोरङको बेलबारीमा संपन्न अन्तरपालिका स्तरिय मेयर कप फुटबल प्रतिायोगिताको उपाधि केराबारी गाउपालिकाले जितेको छ । शनिबार भएको फाइनलमा केराबारी गाउपालिकाले पथरीशनिश्चरे नगरपालिकालाई ० का बिरुद्ध २ गोल गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो ।

बेलबारी ३ स्थित प्रस्तावित बेलबारी रंगशालामा संपन्न खेलमा पहिलो हाफमा दुवैतर्फबाट गोल हुन सकेन र दोस्रो हाफमा केराबारीले २ गोल गरेको थियो । उपाधिसँगै केराबारीले नगद १ लाख ५१ हजार, ट्रफी, मेडल प्राप्त गरेको छ भने दोस्रो भएको पथरीले १ लाख १ हजार रुपैयाँमा चित्त बुझाएको छ ।
प्रतियोगितामा मोरङ जिल्लाका ११ स्थानिय तहका १२ टिमले सहभागिता जनाएका थिए ।

Facebook Comments
Show More

Related Articles