nirantarkhabarखेलकुदसमाचार

सिंगापुरलाई फराकिलो अन्तरले हराउदै नेपाल समुह बिजेता

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

असार २० । नेपालले एसीसी यू १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको छ । ३ सय २७ रनको विशाल लक्ष्य पक्ष्याएको सिंगापुर ३९.१ ओभरमा अल आउट हुँदै १ सय ९ रनमा समेटियो । सिंगापुरका तीन खेलाडीले मात्रै दोहोरो अंक जोड्न सके । हरि कुक्रेजाले ३०, कन्नुसामी सतीशले २४ तथा चन्द्रमौली श्रीदेवले २३ रन जोडे । सिंगापुरले अतिरिक्त १५ रन पाएको थियो ।
सिंगापुरलाई सस्तैमा समेट्न नेपालका कुशल मल्लले ४ र तिलकराज भण्डारीले २ विकेट लिए । कुशलले ९ ओभरमा १ मेडन राख्दै १४ रन खर्चिँदा तिलकले ५ दशमलव १ ओभरमा १ मेडन राख्दै ९ रन खर्चिएका थिए । त्यस्तै रसिद खान र सागर ढकालले समान एक(एक विकेट बाँडे ।
त्यसअघि शुक्रबार किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धा्रित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय २६ रन बनायो । नेपालका लागि ओपनर रित गौतम १ सय ३७ बलमा १० चौका र १ छक्का सहित १ सय १५ रनमा अविजित रहे । रितले १ सय ३१ बलमा शतक पुरा गरेका थिए ।
कुशल मल्लले विश्फोटक ब्याटिङ गर्दै मात्रै २३ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ५१ रनमा अविजित रहेपछि नेपालले विशाल योगफल तयार पार्न सफल भएको हो । कुशलले अन्तिम ओभरमा ४ चौका र १ छक्का सहित २२ रन बटुलेका थिए ।
त्यसअघि १५ औं ओभरको चौथो बलमा ओपनर पवन सरार्फ आउट भएसँगै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका खडक बहादुर बोहराले उत्कृष्ट ९० रनको महत्वपूर्ण योगदान दिए । ४० ओभरको पहिलो बलमा प्रनव सुदर्शन राजेश कृष्णनले एलबी डब्लू आउट गर्नु अघि खडकले ९० बलमा १२ चौका प्रहार गरे । दोस्रो विकेटका लागि खडक र रित गौतमले १ सय ३१ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि नेपाल बलियो योगफलमा पुगेको थियो ।
नेपालका लागि ओपनर पवन सरार्फ ४५ रनमा आउट भए । १५ औं ओभरको चौथो बलमा भिनित चितेश मेहता क्याच गराउँनु अघि पवनले ४१ बलमा १० चौका प्रहार गरे । पवन र रितले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । कप्तान रोहित कुमार पौडेल भने ७ रनमा क्याच आउट हुन पुगे ।डेब्यू गरेका विशाल बिक्रम केसी भने १ रनमा बोल्ड आउट भए । सिंगापुरका लागि प्रनव सुदर्शन राजेश कृष्णन र भिनित चितेश मेहताले समान २ विकेट हात पारे ।
फराकिलो जितसँगै नेपाल समुह ए को विजेता बनेको छ । नेपालले अव आगमी सोमबार समुह बी को उप विजेतासँग सेमिफाइनल खेल्ने छ ।

Facebook Comments
Show More

Related Articles