समाचार

बेलबारीका जनप्रनिधि कर्मचारीसँग कानुन मन्त्री : जनताको स्वस्थ आलोचना सरकारले शिरोधार्य गर्ने भनाई

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

असार २०
कानुन न्याय तथा संसदिय मामिला मन्त्री भानुभक्त ढकालले यो सरकार जनताले गरेको स्वस्थ आलोचनालाई शिरोधार्य गरेर त्यसै अनुसार सुध्रिदै अघि बढ्ने बताउनुभएको छ । बेलबारी नगरपालिकामा शुक्रबार आयोजित कर्मचारी तथा जनप्रतिधि सँगको भेटघाट कार्यक्रममा मन्त्री ढकालले त्यस्तो बताउनुभएको हो ।
अघिल्लो पटकको बजेटमा जेष्ठ नागरिक भत्ता नबढेकोमा आलोचना भएपछि यसपटक त्यसको संवोधन भएको उदाहरण दिँदै मन्त्री ढकालले यो जनताको सरकार भएकाले जनताका माझमा गरेको कबोल पुरा गर्दै लैजाने दावी गर्नुभएको हो । समृद्ध नेपाल सुखी नेपाली भन्ने मुल लक्ष्य प्राप्तीका लागि मुलुक अघि बढिरेहेको भन्दै मन्त्री ढकालले इमान जमानका साथ क्षमताले भ्याएसम्म आफ्नो जिम्मेवारी पुरा गर्न कर्मचारीहरुलाई पनि निर्देशन दिनुभएको छ ।
मन्त्री ढकालले संघ प्रदेश र स्थानिय सरकारविचको अन्तर सम्बन्धित कानुन निर्माणका लागि विधेयक विचाराधिन रहेको भन्दै यो निर्माण भएपछि अधिकारक्षेत्र स्पष्ट हुने बताउनुभयो छ ।
कार्यक्रममा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले तिनै तहका सरकार विचको साझा अधिकार सुचीबारे चाँडै स्पष्ट हुने वातावरण भए स्थानिय तहमा काम गर्न सहज हुने भन्दै यसबारे ध्यानाकर्षण गराउनुभएको छ । कार्यक्रममा बेलबारीका जनप्रतिनिधिहरु,बेलबारी नगरभित्र रहेका सरकारी कार्यालयका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो।

Facebook Comments
Show More

Related Articles