शिक्षा-स्वास्थ्यसमाचार

डेंगु नियन्त्रणका लागि बेलबारीका सबै वडामा लामखुट्टेका लार्भा नष्ट गर्न टोली खटिने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

असार २०
डेंगुको संक्रमण हुन नदिन बेलबारीका सबै वडाहरुमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य सेवा विभागको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र बेलबारी नगरपालिकाका स्वास्थ्यकर्मी सहितको टोली लार्भा खोजी र नष्ट गर्ने अभियानमा शनिबारबाट वडाहरुमा खटिन लागेको हो । डेंगु फैलाउने एडिस एजिप्टाई जातको लामखुट्टेको जिवन चक्र पुरा हुन रोकियो भने लामखुट्टे उत्पादन नहुने र यसले डेंगु संक्रमण पनि रोकिने भएकाले अभियान सञ्चालन गर्न लागिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाले जानकारी दिनुभएको छ । ४ दिन सम्म चल्ने अभियानमा डेंगुबाट जोगिने उपायबारे चेतना फैलाउने, लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने तरिका समेत सिकाइने कोइरालाले जानकारी दिनुभएको छ ।
बेलबारीका स्वास्थ्यकर्मी सहितको विशेष टोलीले जनप्रतिनिधिसँग समन्वय गरेर वडामा खटिने बेलबारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोस विश्वकर्माले पनि जानकारी दिनुभएको छ ।
अभियान सञ्चालनको तयारी स्वरुप बेलबारी नगरपालिकाको समन्वय र महाशाखाको आयोजनामा शुक्रबार अभिमुखीकण कार्यक्रम सम्पन्न भएको छ । बेलबारी नगरपालिकामा सम्पन्न सरोकारवालाहरुको अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधि, विद्यालयका शिक्षक, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा नगरपालिकाकी उपमेयर ढाका पराजुली, प्रमुख प्रसासकिय अधिकृत प्रदिप शाह,वडाध्यक्षहरु लगायतको सहभागिता थियो ।शु्क्रबार नै स्वास्थ्यकर्मीहरुका लागि अभिमुखीकरण कार्यक्रम पनि अयोजना भएको छ ।
डेंगु फैलन नदिन लामखुट्टे मार्ने र लार्भा नष्ट गर्ने काम महत्वपुर्ण हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाले बताउनुभयो । एडिस एजिप्टाई लामखुट्टेले प्राय दिउँसो टोक्ने भएकाले टोकाइबाट जोगिन पुरा बाहुला भएको र शरिर ढाक्ने कपडा लाउन, लामखुट्टेले नटोकोस भनेर शरिरमा मल्हम लगाउन, दिउँसो सुत्दा पनि झुल टाँगेर सुत्न उहाँको सुझाव छ । सफा पानी जमेको स्थानमा लामखुट्टेको जिवन चक्र पुरा हुने भएकाले टायर,बट्टा भाँडाकुडामा पानी जम्न नदिने र पानी प्रयोग हुने स्थलमा हप्तामा दुई पटक पानी फेर्न, खाल्डाखुल्डी पानी जम्ने स्थलमा मट्टितेल छर्कने जस्ता उपाय गर्न सकिने कोइरालाले जानकारी दिनुभएको छ ।

Facebook Comments
Show More

Related Articles