nirantarkhabarखेलकुदसमाचार

केराबारी र पथरी बेलबारी अन्तरपालिका मेयर कपको उपाधिका लागि भिड्ने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

१९ असार । मोरङको बेलबारीमा जारी अन्तरपालिका स्तरिय मेयर कप प्रतिायोगिताको उपाधिका लागि केराबारी गाउपालिका र पथरी नगरपालिका भिड्ने भएका छन । बिहिबार भएको दोस्रो सेमिफाइनलमा बेलबारी निलोलाई ट्राइवेकरमा पराजित गर्दै केराबारीले फाइनलका लागि स्थान सुरक्षित गरेको हो ।
यस अघिनै पथरीले सुन्दरहरैचा नगरपालिकालाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । पहिलो सेमिफाइनलमा बुधबार सुन्दरहरैचालाई २ का बिरुद्ध ४ गोल गर्दै पथरीले उपाधि भिडन्तका लागि स्थान पक्का गरेको थियो ।
दोश्रो सेमिफाइनलको निर्धारित समयमा केराबारी र बेलबारी निलोको १–१ गोलको बराबरी भएसँगै ट्राइवेकरबाट निर्णय भएको थियो । ट्राइवेकरमा केराबारीका ५ खेलाडीले गोल गरे भने बेलबारीका ४ खेलाडीले मात्र गोल गर्न सफल भएका थिए ।
११ ओटा स्थानीय तहले भाग लिएकोे प्रतियोगिताका विजेताले नगद १ लाख ५१ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पाउने मेयर कप आयोजक समितिका सचिव मिलन राईले बताए ।
प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

Facebook Comments
Show More

Related Articles