समाचार

धान दिवसमा गुरुकुलका विद्यार्थीले पनि धान रोपे

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

असार १५
बेलबारी ३ स्थित गुरुकुल पाठशालाले असार १५ धान दिवसको अवसर पारेर विद्यार्थीहरुलाई रोपाईमा सहभागी गराएको छ । गुरुकुलले आइतबार सुन्दरहरैँचा ११ बेलेपुर स्थित खेतमा विद्यार्थीहरुलाई लगेर रोपाईमा सहभागी गराएको हो । विद्यार्थीहरुले उत्सुकताका साथ शिक्षकहरु सँगै धान रोप्ने प्रयास गरेका थिए । सिकाईमा प्रयोगात्मक तथा सहभागितामुलक पद्धतिको सदुपयोग गर्दै व्यवहारिक ज्ञान सिप समेत प्रदान गर्ने उद्देश्य अनुसार विद्यार्थीलाई खेतमै लगेर रोपाईमा सहभागी गराएको गुरुकुल पाठशालाका प्रिन्सिपल दिपेन्द्र खुलालले जानकारी दिनुभएको छ ।
गुरुकुल पाठशालाका निर्देशक सुनिलदत्त अधिकारी,प्रिन्सिपल खुलाल लगायत अन्य शिक्षकहरुले पनि विद्यार्थीसँगै धान रोपेका थिए । यसै गुरुकुलले असार १५ को अवसरमा विद्यार्थी तथा अविभावकलाई दही चिउरा समेत खुवाएको छ । पाठशालामै एक कार्यक्रम आयोजना गरेर गुरुकुलले दही चिउरा खुवाएको थियो ।

Facebook Comments
Show More

Related Articles