nirantarkhabarकृषिसमाचारसमाज

धान दिवसः बेलबारी २ मा बेठी

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

असार १५ । मोरङको बेलबारी २ गौतम टोलमा रहेको श्रमजिवी फाम हाउस प्रा.लि.मा बेठी लगाएर रोपाई कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । बेलबारी नगरपालिकाको सहयोगमा अखिल नेपाल महिला संघ नगर कमिटि बेलबारीले बेठी कार्यक्रमको आयोजना गरेको हो ।

धान दिवस असार १५ को अवसरमा आइतबार प्रा.लि.को २ बिगाहा क्षेत्रमा रोपाई गरिएको थियो । बेठी बाजागाजा (पन्चेबाजा) सहित आयोजना गरिएको रोपाईमा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले हिलोआली गरी रोप्न तयार गरिएको खेतमा धानको बिउ रोपेर उद्घाटन गरे सँगै उपस्थित सबैले रोपाई गरेका थिए ।

१४ बिगाहा क्षेत्रमा फैलिएको उक्त फामभित्र व्यबस्थित रुपमा ६ वटा पोखरीमा माछा पालन, १५ वटा राँगा, १ सय वटा टर्की, हाँस, ५ सयवटा लोकल कुखुरा पालिएको संचालक सदस्य बिक्रम मैनालीले जानकारी दिए ।
मुठी खाएर मुरी उब्जाउने महीनाको मध्य अर्थात् असार १५ गते नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइएको छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।

देशभर धान खेतीमा प्रविधि र यान्त्रिकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने नाराका साथ १६ औं धान दिवस मनाइएको हो ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महीनामा खेतीमा ब्यस्त हुन्छन् । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही चिउरा खाने गर्दछन ।

Facebook Comments
Show More

Related Articles