समाचार

धरानमा राष्ट्रिय स्तरको इञ्जिनियरिङ्ग तथा प्रबिधि मेला हुने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

नेपालकै अग्रणी ई. अ. स. को आङ्गिक क्याम्पस पुर्वाञ्चल क्याम्पस धरानमा यहि अषाढ १३,१४ र १५ मा बृहत प्राबिधिक मेला हुने भएको छ । पुर्वाञ्चल क्याम्पस धरानका ७ विभागका विभागीय विद्यार्थी संस्थाहरु इएक्ससीइएसएस, एसीइएस, सीइएसएस, एसओएमइएस, एएसए, एनएइएसएस र इएलइएसएस को संयुक्त आयोजनामा बृहत इञ्जिनियरिङ्ग तथा प्रबिधि मेला हुन गइरहेको हो ।

मुख्य कार्यक्रम अषाढमा हुने भएपनि बिभिन्न कार्यक्रमहरु गएको फाल्गुण देखि नै शुरु भइसकेको आयोजक समितिका सदस्य आशिष पौडेलले जानकारी गराउनु भयो । त्यस्तै गरि डेल्टाको यस वर्षको थिम “दिगो विकास“ रहेको पनि उहाले जानकारी गराउनु भयो । यो धरानमा मात्र सिमित नभई नेपालभर फैलाउने योजना रहेको आयोजक कमिटिले जानकारी गराएको छ । गएको फाल्गुण ५ गते विभिन्न प्रदेश स्तरीय प्रतियोगिताहरु आयोजना गरि शुरु भएको डेल्टाले हालसम्म पुर्व र चितवनमा गरि ६ वटा कार्यक्रम गरिसकेको छ । १ नम्बर प्रदेशको करिब ३० वटा विद्यालायाको प्रत्यक्ष संलग्नता हुने गरि प्रदेश स्तरिय हाजिरीजवाफ, बक्तित्वकला र चित्रकला प्रतियोगिता आयोजना भएको थियो ।

उक्त कार्यक्रममा डेल्टा को मूल नारा “दिगो विकास अनि प्रदेश नम्बर १ “ नामक एक दिने गोष्ठी आयोजना गरिएको थियो । त्यसै गरि चितवनको रत्ननगर नगरपालिकाको स्काइ राइडर स्कुलमा १० दिने रोबोटिक वर्कसपका साथै अन्तर विद्यालय बत्तित्वकला प्रतियोगीता पनि आयोजना गरिएको थियो । त्यस्तै गरि डेल्टा क्याम्प अन्तर्गत धरानका २० अनि इटहरीका ५ स्कुलमा डेल्टाका प्रतिनिधिद्वारा स्कुले विध्यार्थिहरुलाई इञ्जिनियरिङ्ग अनि प्रविधिका बारेमा अभिमिखुकरण गराइदै आएको छ । समृद्ध नेपालको परिकल्पनालाइ साकार तुल्याउन प्रविधिले मात्र नभई स्वास्थ पनि उत्तिकै खाचोको बिषय भएकोले धरान स्थित बिपी कोइराला स्वास्थ प्रतिष्ठान संगको सहकार्यमा पुर्वाञ्चल क्याम्पस मै मानशिक स्वास्थ सम्बन्धि अन्तरक्रिया कार्यक्रमको पनि डेल्टा ले आयोजना गरेको थियो । त्यसै गरि महिनावारी हुदा गर्नुहुने नहुने कुरा र आफै स्यानेटरि प्याड बनाउनका सिकाउनका निम्ति १०० मधेसी हिरोज अवार्ड समेत जितिसक्नु भएको श(श्री प्रमिशा मिश्र द्वारा आवश्यक जानकारी दिने हेतुले एक दिने महिनावारी सम्बन्धि वर्कशप डेल्टाले जेष्ठ १८ गते आयोजना गरेको थियो ।

हामीले डेल्टाको मुख्य उद्देश्य के हो त ? भनेर संयोजक विजय सेढाइलाइ सोधेका थियौ । इञ्जिनियरिङ्ग तथा प्राबिधिक कार्यक्रमहरु काठमान्डौमा मात्र सिमित हुने हुनाले पूर्वका जनतालाई पनि इञ्जिनियरिङ्ग सम्बन्धि ज्ञान पुर्वामै दिन सकिन्छ कि भनेर पुर्वको शान पुर्वाञ्चल क्याम्पस धरानका सम्पूर्ण विद्यार्थी मिलेर कार्यक्रम आयोजना गर्न लागिएको भनेर उहाले जानकारी गराउनु भयो । प्राबिधिक कार्यक्रम पुर्वमा भइरहने तर सबै इञ्जिनियरिङ्ग क्षेत्र समेट्ने गरि हुन लागेको यो कार्यक्रम पहिलो रहेको डेल्टाका मार्के्टिङ संयोजक सबिता धामीले बताउनु भयो ।

Facebook Comments
Show More

Related Articles