खेलकुद

बेलबारीमा अन्तरपालिका स्तरीय मेयरकप हुने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

असार १०
मोरङको बेलबारीमा असार १३ गते देखि अन्तरपालिका स्तरीय मेयरकप फुटवल प्रतियोगिता संचालन हुने भएको छ । उक्त प्रतियोगितामा ११ वटा स्थानिय तहले भाग लिने मेयरकप फुटवल प्रतियोगिता आयोजक समितिले बेलबारीमा पत्रकार सम्मेलनको गरी जनाएको छ । प्रतियोगितामा बेलबारीका दुई वटा टिम सहभागी हुनेछन् । केराबारी, लेटाङ, विराटनगर, कानेपोखरी, उर्लावारी,सुन्दरहरैचा,रतुवामाई,ग्रामथान, मिक्लाजुङ र पथरिशनिश्चरेको टिमको सहभागिता रहने आयोजक समितिका सचिव मिलन राइले बताए । उक्त प्रतियोगितामा विजेताले नगद १ लाख ५१ हजार, उपबिजेताले १ लाख १ हजार पाउनेछन् ।प्रत्येक खेलमा म्यान अफ दम्याचले दुई हजार पाँचसय, उत्कृष्ट गोल किपर, उत्कृष्ट मिल्ड फिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट स्ट्राइकर, हाई स्कोरर, उत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडिलाई नगद सात हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । १३ गते देखी २१ गते सम्म बेलबारी रंगशालमा प्रतियोगिता हुने आयोजकले जनाएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रतियोगिता उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

Facebook Comments
Show More

Related Articles