समाचार

माथ्लो तलामा नगरसभा,तल कांग्रेसको नाराबाजी : बेलबारीको नगरसभा

मेयर सुवेदीको कार्यशैलीमा आपत्ती,नसुध्रिए आन्दोलन तताउने कांग्रेसको चेतावनी

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

असार १०
आउने आर्थिक वर्षको बजेट निती तथा कार्यक्रम प्रस्तुत गर्न बेलबारी नगरपालिकामा आयोजना भएको चौथो नगरसभा चलीरहँदा नेपाली कांग्रेसले भने मेयरको कार्यशैलीको विरोध गर्दै नगरमै नारावाजी र होहल्ला गर्यो । नगरपालिकाको माथिल्लो तल्लाको हलमा सूरु भएको नगरसभामा मौनधारण सकिने वित्तिकै नगरपालिका गेटमा भने होहल्ला र नारावाजी सूरु भैसकेको थियो । नगरसभा कार्यक्रमलाई नै लक्षित गरेर कांग्रेसले विरोध र नारावाजीको कार्यक्रम राखेको हुनाले पनि नगरसभा सूरु भैसक्दा कांग्रेसको समुह नगरपालिका पुगीसकेको थियो ।कांग्रेसको नारावाजीको आवाजले नगरसभा हलमा केही क्षण खैलाबैलाको अवस्था पनि आयो ।
विकास निर्माणका विषयमा नगरप्रमुखले पक्षपाती काम गर्ने गरेको, बजेट निर्माणका क्रममा राजनितिक आस्थाका आधारमा वडाध्यक्षकै भुमिकालाई खुम्याएको भन्दै कांग्रेसले विरोध जनाएको थियो । विकास निर्माणमा समेत पक्षपाती भएर मेयर ज्ञानेन्द्र सुवेदी अघि बढिरहेको भन्दै कांग्रेसले सचेत गराएको छ । कांग्रेस क्षेत्रिय सभापति मोहनविक्रम कार्कीले मेयर ज्ञानेन्द्र सुवेदी ज्ञानेन्द्र शाह वन्ने चाहनामा अघि बढेको दावी गर्दै तर त्यस्तो सपना नदेख्न सचेत गराए ।

यो विरोधको सानो कार्यक्रममात्रै भएको र मेयर सुवेदीको हेपाहा प्रवृत्ति जारी रहे सबै कार्यकक्षमा ताला झुण्ड्याइदिन सक्ने समेत उनले चेतावनी दिए । बेलबारी वार्डनम्बर ८ को बजेट कार्यक्रम तय गर्ने क्रममा मेयरले वार्डअध्यक्षको अधिकारलाई वाईपास गरेर कर्मचारी र अन्य सदस्यसँगको मिलेमतो अघि बढेकोमा पनि कांग्रेसले आक्रोस पोखेको छ ।
विरोध कार्यक्रममा कांग्रेस नगरसभापति शम्भु भट्टराई,नगर सहसंयोजक बद्री मण्डल, नगर कोषाध्यक्ष जनक पोख्रेल, महाधीवेसन प्रतिनिधी यज्ञप्रशाद ढकाल,कांग्रेस जिल्ला सदस्य डम्बर राई,क्षेत्रिय सदस्य राजेन्द्रबहादुर अधिकारी,तरुणदल क्षेत्रिय सभापति छत्र लिम्बु,तरुण दल जिल्ला सदस्य ज्ञानुराज राई,नेपाली कांग्रेस नेविसंघ मोरङ जिल्ला शाखा सदस्य जितेन्द्र न्यौपाने लगायत सहभागी थिए ।

Facebook Comments
Show More

Related Articles