समाचार

बेलबारी नगरले ल्यायो १ अर्ब ९१ लाखको बजेट, दमकल र शववाहनलाई पनि बजेट

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

असार १०
बेलबारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६।७७ का लागि १ अरब ९१ लाख ९० हजारको बजेट ल्याएको छ । मंगलबार नगरपालिका स्थित हलमा आयोजित चौथो नगरसभामा उपमेयर ढाका पराजुलीले बजेट निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । बजेटमा भौतिक पुर्वाधार विकास समिति तर्फ २८ करोड ९६ लाख ७४ हजार,सामाजिक विकास समिति तर्फ २४ करोड ८४ लाख ६ हजार रकम विनियोजन गरिएको छ । बजेट निति तथा कार्यक्रममा शिक्षा,कृषि,जनस्वास्थ्य,पर्यटन प्रवद्र्धन,शान्ति सुरक्षा फोहोरमैला व्यवस्थापन जस्ता कार्यक्रमहरुलाई पनि प्राथमिकता दिइएको छ ।
एक वडा एक उत्पादनको नितिलाई कार्यान्वयन गर्न र युवालाई व्यवसायिक खेती तर्फ प्रोत्साहन गर्न गरिवसँग नगरपालिका कार्यक्रम अन्तरगत समन्वय गरेर परिचालित गरिने भएको छ । निति तथा कार्यक्रममा बेलबारी नगरमा दमकल र शव वहान खरिद गर्ने जनाइएको छ । शववाहन तथा दमकल नगरपालिका भित्र निशुल्क गरिने गरि आउँदो आर्थीक बर्षका लागि बजेट बिनियोजन गरिएको मेयर ज्ञानेन्द्र सुवेदिले बताए ।
नगरपालिकाले शववाहनका लागि १३ लाख र दमकलका लागि ७० लाख बजेट बिनियोजन गरेको छ । गर्भवती महिलाहरुको निशुल्क गर्भपरिक्षण गर्ने पनि निति कार्यक्रममा उल्लेख छ ।
होमस्टे संचालनका लागि बिज्ञहरुसँग अन्तरक्रिया गरेर होमस्टे संचालन गर्ने नगरपालिकाको निति तथा कार्यक्रममा रहेको छ । लोहन्द्रा,चिसाङ खोलामा तटबन्धन गर्न, हुलाकी मार्ग कालो पत्रे गर्न, पेट्रोल खानीको उत्खनन गर्ने विषयमा प्रदेश तथा सघिय सरकार संग माग समेत गरिएको छ ।
नगरसभा सञ्चालन भैरहँदा बेलबारी नगरपालिकाको गेटमा भने नाराबाजी भैरहेको थियो । नगरप्रमुखको कार्यशैलीप्रति विरोध जनाउँदै कांग्रेस कार्यकर्ताहरुले नाराबाजी गरेका थिए ।

Facebook Comments
Show More

Related Articles