समाचार

सुन्दरहरैँचा नगरको बजेट १ अरब ८ करोड ७७ लाख,मुख्य चोक बजारमा फ्रि वाईफाई लगायतका योजना

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

असार १०
मोरङको सुन्दरहरैँचा नगरपालिकाले आर्थिक वर्ष २०७६।७७ का लागि १ अरब ८ करोड ७७ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । मंगलबार आयोजित नगरपालिकाको चौथो नगरसभामा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान सहित सो बजेट प्रस्तुत गरिएको हो । सुन्दरहरैँचा ८ स्थित दुर्गादेवी दुलाल सुन्दरहरैँचा स्पोर्टग्राममा आयोजित नगरसभामा उपप्रमुख धनमाया तामाङले बजेट निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
बजेटमा आन्तरिक स्रोतबाट २० करोड १८ ला ७१ हजार,संघिय सरकारको समानीकरण अनुदान बाट २० करोड ४४ लाख र प्रदेश राजश्व बाँडफाँडबाट १३ करोड ७२ लाख र प्रदेश सरकारको वित्तिय समानीकरण अनुदानबाट १ करोड ५० लाख,संघिय सरकारको अनुदानबाट ५ करोड,लागत सहभागिताबाट २ करोड र अन्तर सरकारी अख्तियारीबाट १८करोड ५५ लाख रकम जुटाइने उल्लेख छ ।
नगरले पुर्वाधार विकास तर्फ ३८ करोड २१ लाख ४९ हजार ६ सय,सामाजिक विकास तर्फ २८करोड ७७ लाख ४७ हजार,कार्यक्रम तर्फ ३४ करोड ६७ लाख विनियोजन गरेको छ । यस्तै प्रसासनिक तथा कार्यसञ्चालन खर्च ३४ करोड ६७ लाख ४५ हजार विनियोजन गरेको छ ।
सुन्दरहरैँचा नगरपालिकालाई अन्धकार मुक्त बनाउन नगरप्रमुख उज्यालो कार्यक्रम सञ्चालन गर्ने निति तथा कार्यक्रममा उल्लेख छ । यसमा बैकल्पिक उर्जा कार्यक्रम समेतको माध्यमबाट सो कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । यसैगरी अर्गानिक कृषि तरकारी खेतीलाई विशेष प्राथमिकता दिई प्रति विगाहा १ लाख सम्मको अनुदानको व्यवस्था गर्ने उल्लेख छ । कृषिलाई व्यवसायीकरण गर्ने उद्देश्यले उन्नत विउविजन,मलखाद,कृषि औजारको व्यवस्थामा ५० देखि ८० प्रतिशत अनुदान दिने पनि बताएको छ । नगरभित्र १० करोड भन्दा धेरै लगानी गरेर खोलिएको र २५ जना भन्दा धेरै व्यक्तिलाई रोजगारी दिने उद्योगलाई ५ वर्षसम्मका लागि कर छुट समेत दिइने बजेटमा उल्लेख छ ।
नगरपालिका क्षेत्रमा रहेका सबै स्वास्थ्य संस्थाहरुमा ल्याव परिक्षणको सुविधा व्यवस्था गर्ने, जंगल भित्रको व्यवस्थित शहर निर्माण गर्ने निति अनुसार सडक निर्माण गर्दा किनारामा वृक्षारोपण गर्ने,नगरपालिको मुख्य चोक र बजार क्षेत्रमा फ्रि वाईफाईको व्यवस्था गर्ने कार्यक्रम पनि अघि सारेको छ ।

Facebook Comments
Show More

Related Articles